मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकामा बहुक्षेत्रीय पोषण योजना सम्वन्धि कार्यक्रम सम्पन्न

मंगलसेन नगरपालिकामा बहुक्षेत्रीय पोषण योजना सम्वन्धि कार्यक्रम सम्पन्न


अछाम – बहुक्षेत्रीय पोषण योजना सम्वन्धि २ दिने गोष्ठि मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । बहुक्षेत्रीय पोषण योजना, एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता तथा पोषणमैत्री स्थानीय शासन अवलम्वनको लागि पालिका स्तरिय सूचक निर्धारण र स्थानीयकरण गर्नका लागि गोष्ठिको आयोजना गरिएको हो ।

नगरप्रमुख एवं नगर स्तरिय बहुक्षेत्रीय पोषण कार्यक्रमका संयोजक पदमबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकामा पोषणको वर्तमान अवस्था, कार्यक्रम कार्यान्वयनमा आईपरेका चुनौती र आगामि वर्षको कार्ययोजना बारे बृहत रुपमा छलफल भई बिभिन्न निर्णय समेत गरिएको छ ।

जस अन्र्तगत २ दिने गोष्ठिमा भएका छलफलका विषयलाई नगर कार्यपालिका बैठकमा पेश गर्ने निर्णय भएको छ । यस्तै जूपु स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने र नगरभीत्रका अन्य स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणाका लागि आवश्यक सूचक पुरा गर्न निर्देशन गर्ने निर्णय पारित गरिएको छ ।