मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्राध्यक्षलाई प्रश्नपत्र थन्काउनै गाह्रो

केन्द्राध्यक्षलाई प्रश्नपत्र थन्काउनै गाह्रो


अछाम – एसईइको लागि प्रश्नपत्र जिल्लाका सबै परिक्षा केन्द्रमा पुगीसकेका थिए । परिक्षा स्थगित भएपछि केन्द्राध्यक्षहरुलाई प्रश्नपत्र थन्काउनै समस्या भएको छ । प्रश्नपत्र सम्बन्धीत प्रहरी चौकीमा राखिएको भएपनि परिक्षा रोकिएपछि कहाँ राख्ने भन्ने बिषयमा निकै अन्यौल भएको त्रिपुरा सुन्दरी माबीका केन्द्राध्यक्ष प्रेम कुँवरले बताए ।

उनले भने पहिला ईलाका प्रहरी कार्यालयमा राख्ने भन्ने सुचना आयो, त्यहि अनुसार गर्यो, फेरी सदरमुकाममै लैजाने र सबै केन्द्राध्यक्ष पुग्ने भनियो । अहिले फेरी सबै केन्द्राध्यक्ष आउनु पर्देन भनेर खबर आयो । परिक्षा स्थगित पछि विद्यार्थी र शिक्षकमा पनी अन्यौलता देखिएको उनले बताए ।

अनिश्चित कालका लागी परिक्षा स्थगित भएको छ, यसले विद्यार्थीको पढाई पनी असर गर्ने बेतालमाण्डौ माबीका केन्द्राध्यक्ष धर्मेन्द्र शाहले बताए । उनले भने सरकारले गरेको निर्णय ठिक छ तर ढिलो गरी भयो यसले दुरदराजका विद्यार्थीहरुको पढाईमा असर हुन्छ ।’ प्रश्नपत्र कहाँ राख्ने बिषयमा पनी अन्यौलता भयो ।

अन्तिममा आएर सदरमुकाम मंगलसेन पुरयाउनुपर्ने देखियो । अछाममा यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा ४ हजार ६ सय ६६ परीक्षार्थी सहभागी हुने भएका थिए । जिल्लामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।