मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफबेगरमा कोराना भाईरसको बारेमा अनुशिक्षण

साँफबेगरमा कोराना भाईरसको बारेमा अनुशिक्षण


अछाम – ईलाका प्रहरी कार्यालय साँफेबगरको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कोरोना भाईरसबाट बच्ने उपाय सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ईलाका मातहत बिभिन्न चौकीमा कार्यरत प्रहरीहरुलाई साँफेबगर नगरपालिकाका स्वास्थ शाखा प्रमुख पुष्प बुढाले कोरोना भाईसरबाट बच्ने उपायका बारेमा जानकारी दिए ।

स्वास्थ शाखा प्रमुख पुष्प बुढाले बिषेश गरी सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताए । उनले बढि जसो कोरोना भाईसरको सक्रमण दिर्घ रोगी र बृद्ध बृद्धाहरुलाई हुने भएकाले सावधानी अपनाउन पनी आग्रह गरे ।

स्वास्थ शाखा प्रमुख बुढाले कोरोनाको सक्रमण भए नभएको ल्याब परिक्षणबाट मात्र थाहा हुने भएकाले त्यो सुबिधा काठमाण्डौको टकुमा मात्र रहेको जानकारी दिएका थिए ।

एनले यहाँबाट शंका भरमा मात्र बिरामीलाई रेफर गर्न सकिने भएकाले सबैले सचेत रहनुपर्ने बेला आएको बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक नरपति भट्ट्ले बिषेशगरी प्रहरीले सावधानी अपनाउनु पर्ने र नागरिकमा यस सम्बन्धी जनचेतना फैलाउनुपर्ने बताए । सवारी चेकजाजका क्रममा पनी स्वास्थलाई ध्यानमा राख्न उनले निर्देशन दिएका छन् ।