मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा बाजुराका कार्यालय सदस्य मृत्त भेटिए

नेकपा बाजुराका कार्यालय सदस्य मृत्त भेटिए


बाजुरा – नेपाल कम्यूनिष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमिटीका एक जना कार्यालय सदस्य मृत्त अबस्थामा फेला परेका छन् ।

जगन्नाथ गाउपालिका ५ का कुबेर सार्की भनिने नयाराम बिक आज बिहान मृत्त अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन् ।

बिक जगन्नाथ गाउपालिका ५ पाउनी जिउला भन्ने ठाउमा मृत्त अबस्थामा भेरीएको भन्ने खबर आएको निरिक्षक रोकायाले बताए । जुडी प्रहरी चौकीबाट खटिएको टोली घटना स्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक टंकप्रशाद भट्राईको नेतृत्वामा पनि आज बिहानै टोली गएको रोकायाले बताए ।

घटना के कति कारणले भएको हो भन्ने बिस्त्तृत बिबरण आउन बाकी छ । जिल्लाबाट गएको टोली पुगे पछि आउने उनले बताए । जगन्नाथ गाउपालिकाका प्रबक्ता डबल बिकका अनुसार नयाराम बिक एक जना एकल महिलाको घर नजिकै मृत्त भेटिएको बताए ।

हिजो साझ साथीहरुसंगै उक्त महिलाको घरमा मदिरा सेवन गरेको बुझिएको छ । संगैका साथीहरु गोपी कामी र यूद्धविर भनिने चन सार्की उनलाई छोडेर रातिनै घर गएका बुझिएको उनले बताए ।

नयारामा बिक तत्कालिक नेपका माओबारीका बटालियान कमाण्डर समेत हुन् । अहिले उनको लास घटना स्थलमै प्रहरीको निगरानीमा रादिएको र जिल्लाबाट गएको प्रहरी नायव उपरिक्षकको टोली पुगेपछि मुचुल्का सहित कोल्टि प्राथामीक स्वास्थ्य केन्द्रमा पोष्टमाटमको लागि ल्याईने प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताईए ।