मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनमा ८ र ९ वडाका योजनाको अनुगमन

मंगलसेनमा ८ र ९ वडाका योजनाको अनुगमन


कमल रावल, चैत ९ अछाम

मंगलसेन नगरपालिकाले नगरका बिकास निर्माणका योजनालाई अनुगमनको कार्यमा निरन्तरता दिएको छ ।

बजेट विनियोजन भई निर्माण कार्य सम्पन्न भएपछि योजनाको अनुगमनलाई जारी राखेको हो । जसमा मंगलसेन नगरपालिका वडा नम्बर ८ र ९ वलिगाउका २ वटा योजनाको अनुगमन गरिएको छ ।

वडा नम्बर ८ मा नगरको ३ लाख लागतमा निमार्ण कार्य सम्पन्न भएको जुकाने खानेपानि उपभोक्ता र वडा नम्बर ९ को सल्लिसैन टोलमा वडाको २ लाख ५० हजार लागतमा निर्माण गरिएको मुल सुधार सहीत मर्मतको अनुगमन गरिएको छ ।

अनुगमनपछि नगर उपप्रमुख तथा अनुगमन समिती संयोजक सरिता उपाध्यायले प्रत्येक वडामा योजना अनुगमन कार्यलाई निरन्तर जारी राखेको बताउनु भयो । प्राबिधिक स्टेमेट भन्दा कम काम भएको भए बजेट समेत कम गरेर निकास दिने गरेको बताउनु भयो ।

हालसम्म गरिएका योजना प्रभाबकारी रुपमा सम्पन्न भएकाले यसको दिगोपनाका लागि स्थानियले ध्यान दिनु पर्ने बताउनु भयो ।