मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरीफन्टा र गड्डाचौकी नाकाबाट १७ दिनमा ९५ हजार भित्रिए

गौरीफन्टा र गड्डाचौकी नाकाबाट १७ दिनमा ९५ हजार भित्रिए


धनगढी : सुदूरपश्चिम प्रदेशका दुई नाकाबाट १७ दिनमा ९५ हजार नेपाल भित्रिएका छन्। कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६३ हजार र कैलालीको गौरीफन्टा नाकाबाट ३१ हजार नेपाल भित्रिएका हुन्।

कैलालीमा फागुन २२ गते देखि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको थियो भने कञ्चनपुरमा फागुन २३ गते देखि स्थापना गरिएको थियो। कैलालीको गौरीफन्टा नाकाबाट शनिबार मात्रै ५ हजार भित्रिएका छन् भने गड्डाचौकी नाकाबाट १५ हजार भन्दा बढी नेपाल भित्रिएका थिए।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका ११ गते विहानदेखि बन्द गर्ने निर्णय गरीसकेको छ। तर गौरीफन्टा नाका बारे भने कैलाली प्रशासनले कुनै निर्णय लिएको छैन्। – dineshkhabar