मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आलोचना होइन- अनुसरण गरौं, कोरोना विरूद्द संगै लडौं

आलोचना होइन- अनुसरण गरौं, कोरोना विरूद्द संगै लडौं


  • पूर्ण रावल

यो विश्व विपदाको घडी हो । को, कति बेला, कहाँ कोरोनाको सिकार हुन्छ- कल्पनासम्म गर्न कठिन छ । विपतको यो बेला विश्व समुदायले सह-अस्तित्व, विश्वबन्धुत्त्व तथा बाँच र बचाउको वैश्विक मान्यतालाई वेवास्ता गर्नु समग्र मानव शभ्यता र सँस्कृतीको अपमान गर्नु हो ।

पछिल्लो पटक देखिएको स्वाइन फ्ल्यू (२००९/१०) पछि कोरोना पुरै विश्वको लागि नयाँ चुनौतिका रूपमा देखा परेको छ । पुरै विश्वको जसंख्यालाई घरभित्र बस्न वाध्य पार्न सफल यो महामारीले काम, उत्पादन, वितरण र चहलपहललाई मात्र प्रभावित गरेको छैन, पुरै मानव समाज, उसको मनोविज्ञान, स्वास्थ्य, दिनचर्या र सँस्कृतिलाई समेत प्रभावित पार्दै गएको छ ।

नयाँ वर्ष २०२० को प्रारम्भसँगै चिनको वुवान राज्यमा देखा परेको कोरोना अर्थात कोभिड-१९ आज शक्ति राष्ट्रहरूका लागि समेत जीवन मरणको विषय बनेर फैलिरहेको छ ।

प्रारम्भमा सायद कसैले यो भाइरस यति छिटो, यति विकराल ढंगले विश्वभरी फैलिने छ र त्यो १९१४ को पहिलो र १९४५ को दोश्रो विश्व युद्ध भन्दा खतरनाक र भयावह हुने छ भन्ने कल्पना समेत गरेका थिएनन । कोरोना चिनको हो र त्यहिँ सिमित हुने छ, चिनको अर्थतन्त्रलाई सखाप पार्ने छ र उसैको मात्र टाउको दुखाईको विषय हुने छ भन्ने भारत, पश्चिमी रास्ट्र- खास गरि शक्ति राष्ट्र अमेरिकाको अनुमान थियो । त्यहि आँकलन र विश्वासको प्रतिफल हो- त्यहाँका समाचार माध्यमले कोरोना विरूद्ध एक्लै युद्ध लडिरहेको चिनकै विरूद्ध थपडी बजाउँदै विश्व समुदायलाई ‘चाइना इज रियल सिक म्यान’ अर्थात चीन आफैमा एउटा विरामी मुलुक हो भनेर समचार पस्किए । शक्ति राष्ट्र अमेरिका आज आफै एउटा रोगि बालकजस्तो लड्खडाइ रहेको छ । यो देख्दा अमेरिकी मनोवृती बुझेका मनभित्र दया पलाएर आउँछ ।

ती सम्पूर्ण चुनौतीहरू विच चिन एक्लै, चुपचाप, सचेत र सधैर्य कोरोना विरोधी युद्ध लडिरहेकै बेला विश्व सर्बहारा वर्गका नेता माओको मुखमा मास्क टाँस्ने ‘टाइम्स’ का पक्षधरहरूलाई पनि आज कोरोनाले टोकिरहेको छ । उतिबेला- हेरौ ! चिन यो रोगबाट कसरि बाँच्तो रहेछ, भन्न्ने मनोभाव पाल्दै थपडि बजाउनेहरू र ‘टाइम्स’ को मास्कमा मुस्काउनेहरू पनि कोरोनस्को पन्जामा परिरहेका छन् – यो सबैको लागि दुखको कुरा हो ।

आफूलाई परेपछी ‘लेट्स फाइट टुगेदर’ अर्थात यो महामारी हो- सँगै लडौं- भन्ने पस्चिमा क्रन्दन अघि नै चिनले क्रोना विरूद्धको राष्ट्रिय लडाईँमा जित हासिल गर्‍यो । समकालीन विज्ञान र मानव शभ्यतालाई चुनौती दिइरहेको कोरोना विरूद्धको अन्तर्राष्ट्रिय लडाइँ जित्न उनिहरूले लगाएका शब्द बाणको वास्तै नगरी इटाली र फ्रान्सजस्ता सम्भ्रान्त राष्ट्रमा सहयोगका हात फैलाउन पुग्यो । यो हेर्दा आफूलाई मान्छे सम्झने सबैलाई गर्व लागेर आउँछ- यो गर्व चीन र त्यहाँका सरकारप्रतीमात्र नभइ जिवन्त मानवताका लागि समेत हो ।

अँझै पनि अमेरिका र भारतजस्ता देशहरू चीन र चिनियाँ जनताको अपमान गर्न व्यस्त छन् । ‘नाच्न न जाने आँगन टेढो’ भन्ने उखानलाई चरितार्थ गर्दै चीन, रूस र इरानले कोरोनाका विषमा विश्वलाई सूचनाबाट बन्चित गर्‍यो र हामी कोरोनाका सिकार भयौं भन्ने अमेरिकी दावी र ‘चिनले खाएको जुठो संसारले धुनु पर्ने भयो’ भन्ने भारतीय दावी कुनै अमानुष र अशभ्य र असँस्कृत राष्ट्रले मात्र अभिव्यक्त गर्न सक्छ । उनिहरूका हिजो र आजका टिप्पणी हेर्दा लाग्छ- त्यहाँ शभ्यता, सँस्कृती र मानवता शंकटमा छ ।

यो समय एकार्कालाई खिसिट्यूरी गर्ने समय होइन । चीन कोरोना विरूद्ध लड्यो र त्यसमा महारत प्राप्त गर्‍यो, त्यो आफैमा अपूर्व, अनुकरणिय र प्रसंसनिय छ । विश्वको कुनै पनि देशबाट मानविय अस्तित्वलाई जोगाउने, प्रवर्धन र सम्वर्धन गर्ने यस्ता काम र सफलतालाई पुरै विश्व समुदायले प्रशंसा, अनुकरण अनुसरण गर्नु पर्छ, चाहे त्यो दुश्मन राष्ट्र र मुलुक नै किन नहोस !

आउनुहोस! कोरोना विरूद्ध हामी साझा लडाईं लडौं । राम्रा कर्म र कामको प्रशंसा र अनुसरण गरौं । घर बाहिर ननिस्केर अर्थात घर भित्रै बसेर लडाई लडौं ! चाहिएजती मात्र किनेर अर्थात कम खर्च गरेर लडाई जितौं । होटेल, रेस्टुरेण्टमा न खाएर अर्थात आफैले पकाएको खाएर लडाइँ जितौं । अलग बसेर होइन, परिवारका सदस्यहरू सँगै बसेर लडाइँ जितौं, नमारेर, न मरेर अर्थात मर्न नदिएर लडाइँ जितौं ।

सोचौं, यस्तो अनौठो लडाईं फेरि फेरि लड्न पाइदैन !