मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन हजार बढीलाई निःशुल्क साबुन वितरण

तीन हजार बढीलाई निःशुल्क साबुन वितरण


अछाम /
साँफेबगरका क्रियाशिल यूवाहरुले आईतबार सर्वसाधारणलाई निःशुल्क साबुन वितरण गरेका छन् । समाजसेवि नरेश कुँवर र उमेश कुँवरको अगुवाई तथा पहलमा साँफेबगरका क्रियाशिल युवा समुहले निशुल्क साबुन वितरण गरेको हो ।

साँफेबगर युवा समुहद्धारा साँफेबगर क्षेत्रका नागरिकलाई तीन हजार भन्दा बढीलाई साबुन वितरण गरिएको हो । नोवेल कोरोना भाईरसको संक्रमण फैलिन नदिन सर्वसाधारणलाई मास्क वितरण गरिएको स्थानीय उमेश कुवँरले बताउनु भयो ।

अछाम जिल्लामा भारतबाट आवत जावत गर्नैको संख्या बढीरहेकाले कोरोना भाईरसको संक्रमण फैलिने सम्भावना बढी भएकाले सर्वसाधारणलाई खाना खानु अघि र खाना खाई सकेपछि हात धुनु पर्ने सन्देशका साथै साबुन वितरण गरिएको यूवा होटल व्यावसायि मिन रानाले बताउनु भयो । साँफेबगरको एरपोर्टमा जिल्लाका विभिन्न ठाउँमा आवत जावत गर्ने सर्वसाधारण नागरिकलाई साबुन वितरण गरिएको हो ।

साथै साँफेबगरबाट आवत वजावत गर्ने यात्रु महानुभावहरुलाई पनि साबुन वितरण गरिएको छ । साँफेबगरबाट बाहिरिने गाडीका यात्रु तथा गाडी चालकलाई कोरोनाबाट सचेत हुन अनुरोध गर्नुका साथै साबुन वितरण गरिएको समाजसेवि यूवा नरेश कुँवरले बताउनु भयो ।

साबुन वितरण कार्यक्रमका साँफेबगरका सक्रिय यूवाहरु, होटल व्यवसायि, पत्रकार लगायतको सहभागिता रहेको थियो । साँफेबगरका क्रियाशिल यूवाहरुद्धारा शनिबार साँफेबगरमा आवत जावत गर्ने सर्वसाधारणलाई निःशुल्क रुपमा मास्क पनि वितरण गरिएको थियो ।

कोभिड १९ कोरोनाको संक्रामण रोक्नका लागि यूवाहरुको समुह निरन्तर रुपमा लागिरहेको छ । साँफेबगरका क्रियाशिल यूवाहरुले आगामी दिनमा पनि यो रोगको संक्रामणलाई रोक्न सर्वसाधारणलाई निःशुल्क मास्क र साबुन वितरण संगसंगै जनचेतनाका कार्यक्रमहरु पनि गरिने जनाएका छन् ।

साँफेबगरका क्रियाशिल यूवाहरुले देश संकटमा परेका बेला सरकारको आलोचना र सरकारको मुख ताकेर मात्र नबसेर सबैले आआफ्नो ठाउँबाट सहयोग गर्ने उद्धेश्यले अघि बढिरहेका छन् । यो रोगको संक्रामण रोक्नका लागि सबैले मिलेर सरकारलाई सहयोग गर्न आवस्यक रहेको उनीहरुले बताउँदै आएका छन् ।