मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस दुर्घटनामा ४ घाईते, चालकको अवस्था गम्भीर

बस दुर्घटनामा ४ घाईते, चालकको अवस्था गम्भीर


अछाम /
अछामको चौरपाटी गाउँपालिकाको वडा नम्बर ७ मार्कुमा बस दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । घाईते हुनेमा बस चालक कैलालि राजपुरका दुखिराम चौधरी, कैलालीका ४५ वर्षिया राजुदवबी बोहरा, साँफेबगर नगरपालिका ४ मष्टामाण्डौँका खेमराज बुढा र सहचालक निराजन शाही घाईते भएका छन् ।

चालक दुखिराम चौधरीको अवस्था गम्भिर भएकोले धनगढी रेफर गरिएको छ भने अन्य तिन जनाको मार्कु स्वास्थ चौकीमा उपचार पछि घर फर्किएको ईलाका प्रहरी कार्यलय साँफेबगरका प्रमुख प्रहरी निरिक्षक नरपति भट्टले जानकारी दिनु भयो ।

बाजुराबाट धनगढी तर्फ जादै गरेको बा ३ ख ४४१० नम्बरको मालिका यातायातको बस आईतबार चौरपाटी गाउँपालिकाको वडा नम्बर ७ मार्कुको बिरखम्म भन्ने ठाउँमा दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।