मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत्र ११ गतेदेखी अछामकाे ब्यापारिक केन्द्र बन्द रहने

चैत्र ११ गतेदेखी अछामकाे ब्यापारिक केन्द्र बन्द रहने


अछाम – चैत्र ११ गते देखि साफेवगर नगरपालिका वडा नम्वर ३ शिद्वेश्वरमा रहेकाे हाटवजार बन्द हुने भएकाे छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नहोस भन्ने हेतुले वजार बन्द गर्न लागिएको हो वडा नम्बर ३ शिद्वेश्वरका वडा अध्यक्ष कृष्ण बुढाले बताए ।

आज सरोकारवालाहरुको आपत्कालिन बैठकलेसो निर्णय गरेको हो । चैत ११ गते देखि वजार बन्द हुने भएपनि अत्यावश्यक सेवा स्वास्थ्य सेवा, बैंक भने बन्द नहुने वडा अध्यक्ष कृष्ण बुढाले बताए । अन्य खाद्यान्न, तरकारी तथा मासु जन्य पसल प्रत्येक दिन विहान ८ वजे देखि १० वजेसम्म प्रहरिको निगरानिमा खोलिने वताईएको छ ।

बैठकले ११ सदस्यीय वजार अनुगमन तथा नियमन समिति पनि गठन गरेकाे छ । कृष्ण बुढाकाे संयाेजकत्वमा कृष्ण कुवर, नेत्र कुवर, हेमराज कुवर दिनेश कुवर, महेश कुवर, प्रहरी र पत्रकार गरि ११ सदस्यीय समिति गठन गरिएकाे वजार अनुगमन तथा नियमन समितिका सदस्य कृष्ण कुवरले जानकारी दिनुभयाे ।

समितिले अाज दिउसाे ४ वजे वजार अनुगमन तथा स्टक सामानकाे विवरण पनि लिने उहाले वताउनु भयाे । भाेलिदेखि कुनै सामानकाे अभाव सिर्जना गर्ने र कालाेवजारी गर्ने ब्यपारी फेला परे कार्वाही गर्ने समितिले निर्णय गरेकाे छ । बैठकमा जिल्ला समन्वय  प्रमुख नरवहादुर कुवर र साफेवगर नगर प्रमुख कुलवहादुर कुवरकाे समेत उपस्थित रहेकाे थियाे ।