मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनको जीप पार्कमा ‘हेल्थ डेस्क’ स्थापना

मंगलसेनको जीप पार्कमा ‘हेल्थ डेस्क’ स्थापना

सोमबार बिहान २०० जनाको स्वास्थ्य परिक्षण


होम साउद, अछाम /

मंगलसेन नगरपालिकाले कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मंगलसेन जीपपार्कमा हेल्थ डेस्क स्थापना गरेको छ । आईतबार बसेको कोरोना भाईरस प्रतिरोध आकस्मिक सर्वपक्षीय बैठकको निर्णय कार्यान्वयन गर्दै हेल्थ डेस्क स्थापना गरि सञ्चालनमा ल्याईएको हो ।

हेल्थ डेस्कमा स्वास्थ्यकर्मीहरुले ईन्फ्रारेड फरहेड थर्मोमिटर मार्फत यात्रुहरुको ज्वरो चेकजाँच, कोरोना सम्वन्धि स्वास्थ्य परामर्श र जनचेतनामुलक पर्चा बितरण कार्य भैरहेको छ ।

हेल्थ डेस्क स्थापना पछि नगर प्रमुख पदमबहादुर बोहराले विश्वब्यापी महाँमारिको रुपमा फैलिएको कोरोना भाईरसको सम्भावित जोखिम न्यूनिकरणका लागि नगरपालिकाले सचेतना अपनाएको बताउनुभयो ।

नागरिकको स्वास्थ्यप्रतिको दायित्व पुरा गर्न यस्तो रणनीति अपनाएको बोहराको भनाई छ । भाईरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्न नगरपालिकाले आकस्मिक कोष स्थापना, स्वास्थ्यकर्मी–कर्मचारी परिचालन, एम्वुलेन्स परिचालनका लागि नगरपालिका तयार रहेको नगरप्रमुख बोहराले बताउनुभयो ।

हेल्थ डेस्क मार्फत सोमबार बिहान ६ देखी ९ बजेसम्म मंगलसेन भीत्रीएका ६ वटा बसमा महिला, पुरुष र बालवालिका गरि २०० बढीको प्रारम्भिक स्वास्थ्य परिक्षण गरिएको नगरपालिकाका सूचना अधिकारी तथा योजना अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभयो ।

नगरपालिकाबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेर सिंगो नगरपालिकाको टिम कोरोना भाईरसको सम्भावित जोखिम न्यूनिकरणमा लागिरहेको सूचना अधिकारी सोडारीको भनाई छ ।

हेल्थ डेस्क स्थापना तथा सेवा सुभारम्भका लागि नगरप्रमुख पदमबहादुर बोहरा, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, स्वास्थ्य संयोजक मानबहादुर सोडारी सहितको टोलिले स्थलगत रुपमा खटेर परामर्श दिएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा सिनियर अहेब चन्द्रप्रसाद ढुंगाना, सिनियर अनमी ज्ञानु माझि, स्वास्थ्यकर्मी प्रवेश भण्डारी, श्रृजना कठायत र रत्ना सोडारी (रावल) लगायतको टोलि खटिएको छ ।

स्वास्थ्यकर्मीको टोलिलाई पालैपालो २४ सै घण्टा सेवा दिनेगरि खटाईएको नगरपालिकाका स्वास्थ्य संयोजक मान बहादुर सोडारीले बताउनुभयो ।

 बिदेश र सहरी क्षेत्रबाट आउने ब्याक्तिहरुले कम्तिमा २ हप्ता सेल्फ क्वारेन्टाईनमा बस्न, सावुन पानीले बेला बेलामा हात धुन, मास्कको प्रयोग गर्न, खोक्दा हाछ्यु गर्दा कुहिनो वा रुमालले छोप्न आग्रह गर्नुभयो ।

यस्तै भिडभाडमा नजान, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखीएमा तुरन्त स्वास्थ्य संस्थामा जान स्वास्थ्य संयोजक सोडारीले अनुरोध गर्नुभयो ।