मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरा भोली देखी ११ देखी ३ बजेसम्म लकडाउन

बाजुरा भोली देखी ११ देखी ३ बजेसम्म लकडाउन


बाजुरा १० चैत्र : जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले भोली ११ गते बाजुरामा बिहान ११ बजे देखी ३ बजेसम्म मात्र पसलहरु खुला गर्ने निर्णय गरिएको छ ।

बिहान र बेलूका बजारमा बढी भिडभाड हुने भएकोले पूर्व सर्तकताको लागी यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले जानकारी दिएका छन् ।

मान्छेको भिडमाड हुन नदिन आवत जावत कम गराउ प्रत्यक ब्यक्तिले आफुलाई अन्य ब्यक्तिबाट टाढा रहन बिहान र साझ बजार बन्द गर्ने निर्णय गरेको न्यौपानेले बताए ।

बिश्व ब्यापीरुपमा फैलिएको महामरी रोग कोभिड १९ पूर्व सर्तकताको लागी जिल्ला स्थित सबै सरोकावालहरु पसल ब्यावसायि । उद्योग बाणिज्य सघ लगाएलाई यो अभियानमा साथ सहयोग गर्न आग्रह गरेको छ ।

त्यस्तै महामारी संकटको मौका छोपेर बजारमा कालो बजारी र बजारमा दैनीक उपभोग्य समानको अभाब हुन नदिन ब्यापारीहरुलाई अनुरोध गर्नुको साथै बाजुरा जिल्लाका सबै स्थानिय तहलाई बजार अनुगमन प्रभाबकारी बनाउन अनुरोध गरेको बताईएको छ ।

जिल्ला सुरक्षा समितका अध्यक्ष प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा समरजित गुल्मका सेननी रबिन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी टंकप्रशाद भट्टराई, शसस्त्र प्रहरी बलका डिएपी श्याम रावत, अनुसन्धनबाट महोन प्रशाद आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी को पस्थिति रहको बैठकले उक्त निर्णय गरेको हो ।

बैठमा जिल्ला समन्यस समितका प्रमुख नरेन्द्र कुमार रोकाया, बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, बरिष्ठ जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्त उद्यँेग बाणिज्य सघ बाजुराका अध्यक्ष देबबहादुर रोकाया, नेपाल पत्रकार महासघका अधयक्ष प्रकाश सिंह, उद्योग बाणिज्यसघका उपाध्यक्ष गोरख रोकाया मार्तडी बजार ब्यवस्थापन समितिका अध्यक्ष चक्र मल्ल आमन्त्रीत सदस्यको रुपमा उपस्थिति रहेका थिए ।