मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र, गौरिफण्टामा लाठीचार्ज

सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र, गौरिफण्टामा लाठीचार्ज

मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रोक्ने प्रयासमा, नेपालीहरु भागेर नेपालमा


डोकेबजार । भारतको विभिन्न स्थानहरुबाट घर फर्केर  गौरीफन्टा नाका संगैको डोकेबजारमा अलपत्र अबस्थामा रहेका छन् । 

भारतबाट घर फर्कन नेपाल भारत सीमा नाका गौरीफन्टा भएर कञ्चनपुरको डोकेबजार पुगेका उनिहरु नेपालमा लक डाउन भएपछि सयौं नेपालीहरु सीमा क्षेत्रमा फसेका छन् । 

अलपत्र नेपालीहरु लकडाउनको अवज्ञा गर्दै नेपाल धनगढी तर्फ भित्रिन खोजेपछि लाठी चार्ज भएको छ । स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गर्नु परेको बताइएको छ ।

नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन्। उनीहरु दशगजा क्षेत्रबाट नेपाली भूमिमा प्रवेश गरिसकेका छन् ।

सीमा संगैको मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपि कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन् ।

भारतका बिभिन्न प्रान्तबाट सोमबार साँझ  कञ्चनपुर कैलालीसंगै जोडिएको भारतीय नाका गौरीफन्टा र पश्चिमी नाका बनवासा गड्डाचौकी पुगेका सयौं नेपालीहरु लक डाउनका कारण नेपाल प्रबेश गर्न पाएका छैनन् । 

अलपत्र यात्रुहरुले रातभरी सीमामाको खुल्ला चौरमा रात गुजारेका थिए । सोमबार रातिदेखि आफुहरुले केही खान नपाएको गुनासो गरे ।

रातभर भोकै रहेका उनीहरुले नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै सीमा क्षेत्रमा नाराबाजीसमेत गरिरहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमामा रहेका नेपालीहरुको व्यवस्थापनका लागि पहल भईरहेको बताए । – hamarakura.com