मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट आएका सुर्खेत र जुम्लाका १२८ जना क्वारेन्टाइनमा

भारतबाट आएका सुर्खेत र जुम्लाका १२८ जना क्वारेन्टाइनमा


सुर्खेत : कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा भारतबाट आएका एकसय २८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको विभिन्न जिल्लाबाट सुर्खेत फर्किएका एकसय दुई र जुम्ला फर्किएका २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । 

सुर्खेतमा भारतबाट आएकालाई वीरेन्द्रनगरस्थित एक होटल र होस्टेलमा क्वारेन्टाइन राखिएको छ । भने जुम्लाको हिमा गाउँपालिकास्थित राहदेव माध्यामिक विद्यालय मोफ्ला र भानु माध्यामिक विद्यालय पाथरखोलामा २५ जनालाई क्वारेन्टाइन राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन निर्माणाधीन अवस्थामा रहेकाले तत्कालका लागि भारतबाट आएका एकसय दुई जनालाई होटलमा क्वारेन्टाइन राखिएको हो । कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले क्वारेन्टाइनमा राखिएका नेपालका विभिन्न भन्सार नाकाबाट जिल्ल भित्रिएको बताए ।

होटलभित्रै क्वारेन्टाइनमा राखिएकाको निगरानीका लागि स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी परिचालन गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दलबहादुर रावतले बताए । उनका अनुसार होटल र होस्टेलमा क्वारेन्टाइन राखिएकाको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । साथै लकडाउनको अवज्ञा गर्दै सडकमा जथाभावी हिँड्नेलाईसमेत प्रहरीले कारवाही गरिरहेको छ । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन र उच्च सतर्कता अपनाउन नागरिकलाई घरबाहिर ननिस्कन माइकिङ गर्न थालिएको छ । जुम्ला हिमा गाउँपालिकाको राहदेव माध्यामिक विद्यालय मोफ्लास्थित क्वारेन्टाइनमा १९ जना र भानु मावि पाथरखोलास्थित क्वारेन्टाइनमा ५ जनालाई राखिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलका अनुसार थप एक जनालाई कर्णाली प्राविधिक शिक्षालयस्थित क्वारेनटाइनमा राखिएको छ । भने ३ दिनमा जुम्ला भित्रिएका २ हजार ५ सय जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । – annapurna