मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायक नगरपालिकाले सबै वठामा मास्क वितरण गर्दै

पञ्चदेवल विनायक नगरपालिकाले सबै वठामा मास्क वितरण गर्दै


तपेन्द्र धामी, चैत्र, १३ अछाम

पन्चदेवल विनायक नगरपालिकाले नगरवासिको स्वास्थ्यलाई मध्यनजर गर्दै दश हजार भन्दा बढिको सँख्यामा मास्क उत्पादन गर्ने भएको छ । हाल विश्वभर संक्रामक रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९ )बाट नगरबासीलाई बचाउन तथा सर्तकता अपनाउन नगरपालिकाले प्रतयेक वडामा मास्क सिलाएर वितरण गर्ने व्यवस्था मिलाईएको छ ।

बिहिबार बसेको पन्चदेवल विनायक नगरपालिकाको नगर कार्यपालिकाको बैठकले नगरभित्रै उपलब्ध सामग्रीको प्रयोग गर्दै मास्क सिलाएर वितरण गर्ने निर्णय गरेको छ । यस्तै बैठकले हाल पन्चदेवल क्याम्पसमा स्थापना गरिएको क्वारेनटाईनलाई व्यवस्थित गर्न आवश्यक सामग्रीको व्यवस्थापन गर्ने,आवश्यकता अनुसार सबै वडामा क्वारेन्टाईन राखने निर्णय समेत गरेको छ ।

पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाको अध्यक्षतामा बसेको बैठकमा नगरपालिकाका प्रमुखले सबै नागरिकलाई सचेत गराउनु पहिलो दायित्व जनप्रतिनीधीहरुको भएकोले सबैले आ आफ्नो क्षेत्रबाट तदारुकताका साथ लागनुपर्ने बताउनुभयो ।

बैठकमा नगर उप प्रमुख अमिबका चलाउनेले विश्वभर संक्रामक रुपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि भित्रि सकेकोले सुदुरपश्चिमको एक मुखय प्रवेशद्धार वेलखेत पनि भएकोले नगरपालिकामा उच्च सर्तकता अपनाउन जरुरी भएकोले नगरपालिकामा सबैले लक डाउनको पालना गर्नुको साथै स्वास्थ्यकर्मीहरु पनि निरनतर हेल्थ डेस्कमा जिममेवारीका साथ लाग्न अनुरोध गर्दै नगरपालिकाबाट हुने र कोरोना रोकथाम तथा नगरभित्र भित्रिन नदिन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सबै कवारेनटाईन,आईसोलेसन कक्षा र हेल्थ डेस्कका लागि पर्याप्त मात्रामा सुरक्षा तथा व्यवस्थापन सामग्री खरिदका लागि समेत नगरपालिकाले तयारी थालृेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताउनुभयो ।

उहाँले क्वारेन्टाईन र हेल्थ डेस्कमा खटिने कर्मचारीहरुको लागि गरिने प्रबन्धमा कुनै कमी आउन नदिन नगरपालिका सजग रहेको बताउनुभयो । यस अघि पन्चदेवल विनायक नगरपालिकाले वडा नमबर ३ स्थित पन्चदेवल क्याम्पसमा सात बेडको क्वारेन्टाईन स्थलका साथै विनायक स्वास्थ्य चौकी र कुच्चि स्वास्थ्य चौकीमा आईसोलेसन कक्षको स्थापना गरिसकेको छ ।