मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गम्भीर बिरामि भए मात्रै अस्पताल आउनुहोसः डाक्ट्र भारद्धाज ।।

गम्भीर बिरामि भए मात्रै अस्पताल आउनुहोसः डाक्ट्र भारद्धाज ।।


कमल रावल, चैत १३ अछाम

जिल्ला अस्पताल अछामका डाक्टुर अतुल भारद्धाजले गम्भीर बिरामि भएमात्र अस्पताल आउन आग्रह गरेका छन ।

बिरामि आउने पहिलो स्थान नै अस्पताल भएकाले कोरोना भाईरसको त्रासका कारण अस्पताल पुरै आईसोलेसन बेडमा परिणत गरिएकाले सामान्य बिरामी भए घरमै बस्न उहाँले आग्रह गर्नु भएको हो ।

कोरोना भाईरसको जोखिमबाट सबै बचौँ कार्यक्रममा बोल्दै डाक्ट्र भारद्धाजले कोरोनाभाईरसको लक्षण देखिएका ब्यक्ति तथा संक्रमण भएका ब्यक्तिलाई यतिबेला प्राथामिकता दिईएकाले त्यस्तो शँका लागेका ब्यक्तिलाई तुरुन्तै जिल्ला अस्पताल वा बयालपाटा अस्पतालमा जेकजाँच गराउन समेत आग्रह गर्नु भएको छ ।

छिमेकि देश भारतबाट आएका दाजुभाई तथा दिदि वहिनीलाई यतिबेला सकेसम्म घरमै सुरक्षित बस्न वा नजिकको अस्पतालमा गएर जेकजाँच गराउन समेत उहाको सुझाब रहेको छ ।

स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक झपटराज ढुुगाँनाले जिल्ला भरिको स्वास्थ्यको टिम कोरोनाभाईरसको रोकथाम सहीत हुन नदिन उपायका बारेमा ब्यापक रुपमा लागि परेको बताउनु भयो ।

यसलाई न्युनिकरणका लागि ब्यापक रुपमा बच्ने उपायका बारेमा ब्यापक प्रचारप्रसार गरिएको बताउनु भयो ।

भाबि दिनमा आउने समस्यालाई मध्येनजर गर्दै सबै स्थानिय तहका संयोजक, स्वास्थ्य चौकीका प्रमुख, महिला स्वास्थ्य स्वयमसेविकको टिम नै जनचेतना जगाउन लागि परेको जानकारी दिनु भयो । कोही पनि ब्यक्ति यतिबेला बाहीर नआउन आग्रह गर्दै सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो ।