मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बादी परिवारलाई खाद्यान्न बितरण

बादी परिवारलाई खाद्यान्न बितरण


होम साउद

अछाम १७ चैत्र । मंगलसेन नगरपालिकाले मंगलसेन ५ मा वसोवास गर्ने बादि समुदायलाई खाद्यान्न बितरण गरेको छ । ६ घरपरिवारका २९ जना बादि समुदायका लागि १० कट्टा चामल, दाल, नुन र तेल सहितका सामग्रि हस्तान्तरण गरिएको हो ।

नगरपालिकाले घरबार र भुमिहिन बादि समुदायका लागि राहत स्वरुप खाद्यान्न सहयोग गरेको गरिएको जनाईएको छ । कोरोना भाईरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न बितरण गरिएको नगरप्रमुख पदमबहादुर बोहराले बताउनुभयो ।

मंगलसेनमा बसोवास गर्ने टंकी बादीको ६ जना परिवार, बैरागी बादीको ६ जना परिवार, जोगी बादीको ६ जनाको परिवार, सुपारी बादीको ५ जनाको परिवारलाई २÷२ कट्ठा तथा रेवन्ती बादीको ३ जनाको परिवार र फुंगी बादीको ३ जनाको परिवारलाई १÷१ कट्ठाको दरले चामल सहित खाद्यान्नका सामग्रि बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनलाई कार्यान्वयन गर्न पनि नगरप्रमुख बोहराले सबै नगरवासिमा आग्रह गर्नुभयो । लकडाउनका कारण समस्यामा परेका जो कोहीलाई पनि नगरपालिकाले समस्या पहिचान र प्राथमिकताका आधारमा सहयोग प्रदान गर्ने भन्दै बोहराले नआत्तिन नगरवासिमा अपिल गर्नुभएको छ ।

यस्तै कोरोना संक्रमणको जोखिमलाई ब्यवस्थापन र क्वारेन्टाईनका लागि सहयोग गर्न ईच्छुक ब्याक्ति तथा संस्थाले दोहोरो नपर्ने गरि नगरको समन्वयमा सहयोग गरिदिन नगरप्रमुख बोहराले आग्रह गर्नुभयो । कोरोना भाईरस संक्रमण न्यूनिकरणका लागि दुरी ब्यवस्थापन सहित खाद्यान्न बितरण गरिएको थियो ।

खाद्यान्न हस्तान्तरणका लागि नगर प्रमुख बोहरा सहित नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, वडानम्वर ११ का अध्यक्ष डबल सिंह भण्डारीको पनि उपस्थिती रहको थियो

यसैविच  मंगलसेन स्थित भानुज फर्निचर उद्योगले मंगलसेनमा बनाईएको क्वारेन्टाईनमा बस्नेहरुका लागि कम्वल हस्तान्तरण गरेको छ । फर्निचर उद्योगका प्रोपराईटर बिष्णु स्वारले नगरपालिकाका स्टोरकिपर नरेश बहादुर कठायतलाई १० वटा कम्वल हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै, मंगलसेन गरपालिकाले भारतबाट आएका २ जनालाई होम क्वारेन्टाईनमा बस्नका लागि वडाअध्यक्षको जिम्मामा पठाईएको छ ।

वडानम्वर ११ र १२ का १÷१ जनालाई वडानम्वर ११ को भाडेचाकामा एकान्तवास वस्ने सर्त र बिभिन्न स्वास्थ्य सजगता अपनाउने प्रतिबद्धता सहित सम्वन्धित वडामा पठाईएको छ ।

वडानम्वर ११ का अध्यक्ष डबलसिंह भण्डारी र १२ का अध्यक्ष प्रेम बहादुर रावलको निगरानीमा क्वारेन्टाईनको नियमानुसार एकान्तवास बस्ने गरि पठाईएको नगरपालिकाका एम आई एस अपरेटर होम साउदले जानकारी दिनुभयो ।