मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा (बिदाको पूर्ण पाठसहित)

३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा (बिदाको पूर्ण पाठसहित)


नेपाल सरकारले आगामी २०७७ सालमा ३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । उक्त बिदा जात, लिङ्ग र क्षेत्र अनुसार फरक फरक हुने भएका छन् ।

यो बिदा २०७७ वैशाख १ गते देखि लागु भई चैत्र मसान्तसम्म लागु हुने भएको छ ।

मन्त्रालयले २०७७ मा ५२ दिन शनिबार, पर्व बिदा, महिलाका लागि हरितालिका, जितीया पर्व मनाउने महिलालाई बिदा दिने भएको छ । पर्व बिदा विभिन्न ठाउँमा फरक फरक हुने कतिपयले ७८ दिन सार्वजनिक बिदा पाउने र कतिपयले केही दिन कम पाउने मन्त्रालयले जानकारी दियो ।

मन्त्रालयका अनुसार शिक्षण संस्थाहरूलाई मात्र बसन्त पञ्चिमीका दिने बिदा दिने भएको छ ।

त्यस्तै जात्रा बिदा, दशैं बिदा, तिहार बिदा, दिवस बिदा, अपाङ्ग कर्मचारीलाई छुट्टै बिदा,जन्म जयन्ती बिदा र राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने बिदा दिने भएको हो ।