मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

षोडशा भुत पूर्व बिद्यार्थी समाजद्धारा बयालपाटा अस्पताललाई सरसफाईका सामाग्री प्रदान

षोडशा भुत पूर्व बिद्यार्थी समाजद्धारा बयालपाटा अस्पताललाई सरसफाईका सामाग्री प्रदान

खानेपानी र सरसफाईका सामाग्री प्रदान गरेकोमा डाक्टर गौचनद्धारा धन्यबाद ज्ञापन


पूर्ण बहादुर खड्का, अछाम ।

षोडशा भुत पूर्व बिद्यार्थी समाजले बयालपाटा अस्पताललाई खानेपानी तथा सरसफाईका सामाग्री प्रदान गरेको छ ।

बिद्यार्थी समाजका सचिव नयन बहादुर बिकको नेतृत्वमा आएको टोलीले अस्पताललाई ५०० लिटरको पानी ट्यांकी, पाईप र हात धुने साबुन प्रदान गरको हो ।

नोभेल कोरोना भाईरसबाट बच्न र यसलाई फैलिन नदिन सहयोग पुगोस भन्ने हेतुले खानेपानी तथा सरसफाईका सामाग्री प्रदान गरिएको समाजका सचिव बिकले बताए ।

कोरोना भाईरसको नियन्त्रण र संक्रमण कम गर्न अस्पतालको भुमिका महत्वपुर्ण हुने भएकाले सबैले अस्पताल र स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिक्तामा राखेर सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो । त्यहि अनुरुप समाजले सानो सहयोग गरेको भन्दै उहाँले अस्पाललाई सबैलाई सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।

खानेपानी र सरसफाईका सामाग्री प्रदान गरेकोमा समाजलाई धन्यवाद दिदैँ न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले सामाग्रीले संस्थालाई राहत पुग्ने बताउनु भयो ।

डाक्टर गौचनले आगामी दिनमा पनि सबै क्षेत्रबाट यस्तै विभिन्न प्रकारको सहयोग आवश्यक रहेकाले यसमा सबैले साथ दिन आग्रह गर्नुभयो । साथे जिल्ला अहिले लकडाउनको अवस्थामा रहेको बेला पनि यसरी सहयोग गरेको अस्पतालले समाजलाई धन्यवाद ज्ञापन गरेको छ ।

सामाग्री हस्तान्त्ररण कार्यक्रममा समाजका सदस्य धनकुरमा केसी लगायतको सहभागिता रहेको थियो ।