मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको आशंका ब्यक्तिको स्वाप परिक्षणको लागि धनगढी पठाईयो

कोरोनाको आशंका ब्यक्तिको स्वाप परिक्षणको लागि धनगढी पठाईयो


पदमबहादुर सिंह / बाजुरा १९ चैत्र- कोरोनाको आशंकामा जिल्ला अस्पताल बाजुराले मंगलवार देखि एक जनालाई आईसोलेसन कक्षमा भर्ना गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिएपछि १६ वर्षे एक जना किशोरलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । ज्वरो १ सय डिग्री भन्दा माथि तापक्रम र सुख्खा खोकी पनि देखिएकोले आइसोलेसनमा भर्ना गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले जानकारी दिए । कोरोनाको शंकास्पद भनिएका किशोरको अबस्था सामान्य रहेको बिश्वकर्माले बताए ।

उनको स्वाप नमुना परिक्षणका लागि आजै प्रादेशिक प्रयोगशाला धनगढी पठाएको बिश्वकर्माले जानकारी दिएका छन् । अन्य संक्रमण पनि हुनसक्छ त्यसैले यो नै हो भन्ने अवस्था छैन । परिक्षणपछि मात्र जानकारी हुने उनले बताए ।

उनको नियमित चेक जाच देखी उपचारमा स्जास्थ्यकर्मीहरु लागिरहेको उनेले बताए ।
आइसोलेशनमा रहेका किशोर एक हप्ता अघि भारतवाट आएर गौमुल गाउँपालिकाले स्थापना गरेको कृर्तिचौर माबि स्थित क्वारेनटाइममा राखिएका थिए ।

अत्यधिक ज्वरो आएपछि क्वारेन्टाइमबाट हिजो साझ जिल्ला अस्पताल बाजुरामा पठाएको गौमुल गाउँपालिकाका अध्यक्ष हरीवहादुर रोकायाले जानकारी दिए ।