मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखमा यसरि गरिन्छ घरको विहे

दैलेखमा यसरि गरिन्छ घरको विहे


भक्तबहादुर शाही दैलेख । 

केही दिन अगाडी दैलेखको ठाटिकाँध गाउँपालिका –१ मा घरको विहे हेर्ने मौका जु¥यो । मानिसको विहे जस्तै घरको विहे हुँदो रहेछ, त्यहाँको संस्कारमा । दुना टप्परी,ब्राहम्मण र घरका सबै सदस्यले आँगनमा राखिएको मण्डललाई आजापुजा गर्नुपर्ने । आफन्तलाई निम्तो, घरको वरिपरि धागोमा आँप र पिपलको पात घरको विचमा सिउँडी राख्ने चलन रहेछ । घर अगाडिको भागमा आँगनदेखी धुरीसम्म सेतो कपडा मुनि घर मालिक र मालिक्नी ।

घरको धुरीबाट लोटाले घर बनाउने मिस्त्रीले पानी खन्याएर श्रीमान र श्रीमतिलाई नुहाएर घर शुद्ध गर्ने परम्परा रहेछ । घरको वरिपरि सेतो कमेरो, रातो माटोले पोतेको ठाउँमा बोकाको बलि दिनु पर्ने । भोज भतेर लगायत विवाहको जस्तै थियो, घरको विहे । जसलाई स्थानीय भाषामा (पछेटा) भनिदो रहेछ । पछेटा नभएको घरमा रातो माटो र कमेरो लगाउने त्यहाँको संस्कारमा बन्देज छ ।