मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनावश्यक रुपमा सामाजिक संजालमा फैलाईएका हल्लामा बिश्वास नर्गन उपप्रमुख चलाउनेको आग्रह (विज्ञप्तीको पुर्ण पाठ सहित)

अनावश्यक रुपमा सामाजिक संजालमा फैलाईएका हल्लामा बिश्वास नर्गन उपप्रमुख चलाउनेको आग्रह (विज्ञप्तीको पुर्ण पाठ सहित)


अछाम – पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले केहिदिन यता नगरपालिकाका विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेका समाचार र टिप्पणीहरु प्रती ध्यानाकर्षण भएको जनाएकी छन् ।

उप्रमुख चलाउलेद्धारा जारी बिज्ञप्तीमा भनिएको छ बिश्व नै अहिले कोरोना भाइरस कोभिड १९ को संक्रमणले त्रसित बनेको अवस्थामा देशलाई लकडावन गर्नुपूर्व नै नगर कार्यपालिकाको बैठकमा कोरोनाबाट बच्न नागरिकलाई सचेतना जगाउन नगरले खेल्नुपर्ने भूमिका अलि कम भएको महसुस भएको कुरा राखेकी थिए ।

तर मास्क बनाउदा नगर प्रमुख र उप प्रमुखले ९० लाख रुपैया खाए भनेर षड्यन्त्र मुलक ढंगले भ्रामक, असत्य अनि तथ्यहिन भएको उप्रमुखद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

उक्त हल्ला थाहा पाए पछि आफु आश्र्यचकित भएको भन्दै चलाउनेले त्यस्ता भ्रामक हल्ला पछि नलाग्न अनुरोध गर्दै सत्यतथ्यका लागि नगरपालिकामा बुझ्न समेत आग्रह गरेकी छन् ।

मेरो सहभागिता नहुने भुक्तानी प्रक्रियामा मलाइ जोडेर हल्ला गर्ने कार्यप्रती खेद प्रकट गर्दै उपप्रमुख चलाउनले आर्थिक अनियमिततामा आफ्नो सहभागिता प्रमाणित गर्न चुनौती समेत दिएकी छन् ।

अहिलेको संकटको घडीमा आफु जनचेतनामूलक कार्यक्रममा सक्रिय रहेकाले लडाउनको समयमा सामाजिक दुरि बढायर कोरोना भाइरस रोकथाममा सहयोग गर्दैै आएको कुरा चलाउनेले विज्ञप्तीमा उल्लेख गरेकी छन् ।

विज्ञप्तीको पुर्ण पाठ

आदरणीय नगरबासी आमाबुवा दाजु भाई तथा दिदी बहिनीहरू,
केहिदिन यता पञ्चदेवल बिनायक नगरपालिकाको विषयमा विभिन्न सञ्चार माध्यम अनि सामाजिक सञ्जालमा आइरहेका समाचार र टिप्पणीहरु प्रती मेरो ध्यानाकर्षण भएको छ ।
बिश्व नै अहिले कोरोना भाइरस covid १९ को संक्रमणले त्रसित बनेको छ । नेपाल सरकारले हामीले भयावह परिस्थितिको सामना गर्न नपरोस् भनेर मुलुकलाई लकडावन गरेको छ । देशलाई लकडावन गर्नु पुर्ब मिति २०७६ /१२/७ गते शुक्रबार नगर कार्यपालिकाको बैठक बसेको थियो। उक्त बैठकमा मैले कोरोनाबाट बच्न नागरिकलाई सचेतना जगाउन नगरले खेल्नुपर्ने भूमिका अलि कम भएको महसुस भएको कुरा राखेकी थिए । जिल्ला जनस्वास्थ्य कार्यालय अछामको सहयोगमा बेलखेतमा राखीएको हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक सामग्री पी पी ई नभएकाले तुरन्त खरिद गरी ल्याउनुपर्ने र ९ वटै वडाको स्वास्थ्य चौकीमा औषधिहरु अनिवार्य उपलब्ध गराउनुपर्ने कुरा जोडदार ढंगले उठाएकी थिए । कार्यपालिकाको बैठकमा वार्ड अध्यक्ष ज्यूहरु र कार्यपालिका सदस्यज्युहरुको पुरै समर्थन रहँदा पनि त्यो दिन मैले उठाएका बिषय माथी निर्णय हुन सकेन । चैत्र ११ गते देखि लागू हुनेगरी नेपाल सरकारले लकडावन गरिसके पछि हाम्रो तयारी खासै केही थिएन फेरि मिति २०७६ चैत १३ गते नगर कार्यपालिकाको आपतकालीन बैठक बस्यो । उक्त बैठकमा पनि मैले यस्तै कुरा दोहोर्याए बैठकमा सबै भन्दा बढी लक डावनको पूर्ण पालना गरी सामाजिक दूरी बढाउन नगरवासीलाई आग्रह गर्ने र भारत अर्थात अन्य जुनसुकै देशबाट नगरमा आउने नगरवासीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेर क्वारेन्टाइनम राख्ने निर्णय गरियो । साथै आवश्यकता अनुसार प्रत्येक वार्डमा वडा समितिहरुले क्वारेन्टाइन बनाउने अनि नागरिक सचेतनाको लागि मास्कहरु पनि वितरण गर्ने निर्णय भएको हो । हाम्रो नगरका बजारमा मास्कको अभाव भएकोले मास्क नपाइने हुनाले नगरमा तत्काल उपलब्ध गुणस्तरिय कपडा प्रयोग गरी स्थानीय टेलरको सहयोग लिएर बाह्र देखि तेह्र हजार मास्क बनाउने निर्णय गरिए अनुसार मास्कहरु सिलाएर सबै वडामा वितरण गरिएको हो, मास्क बनाउने देखि वितरण गर्ने सम्पुर्ण प्रक्रियामा मेरो सहभागीता रहेको छैन माक्स वितरण गर्दा पर्याप्त उपलब्ध नभएको गुनासो पनि आएको छ लकडावन को अवस्थामा सबैलाई माक्स उपलब्ध गराउन असहज भएको हो तर कतै कमजोरी भएको पनि होला सबै ठाउँमा टिप्पणीहरु गरिए झैं पनि छैनन। हो कार्यपालिकाको बैठकमा नितिगत निर्णय गर्ने क्रममा गुणस्तरीय कपडा प्रयोग गरेर मामदण्ड अनुसारको मास्क बनाउन सबैलाई अनुरोध पनि गरेकि थिए सबैलाई सचेत पनि गराएको थिए । मास्कको लागि कपडा खरिद गर्ने , मास्क सिलाउने बिषयमा,म अनबिज्ञ छु । तर मास्क बनाउदा नगर प्रमुख र उप प्रमुखले नब्बे लाख रुपैया खाए भनेर षड्यन्त्र मुलक ढंगले भ्रामक , असत्य अनि तथ्यहिन हल्ला गरेको थाहा पाए पछि अचम्मित र आश्र्यचकित भएको छु ।
सर्वप्रथम नगरपालिकाको विपत सम्बन्धित कोषमा भ्रामक हल्ला गर्नेहरुले भनेजस्तो नब्बे लाखको कुरै छोडौ दश लाख रुपैया बराबरको पनि बजेट छैन । बजेट नै नभएको अवस्थामा खर्च कसरी भयो यसको प्रष्टिकरण निराधार हल्ला गर्नेहरूले सार्वजनिक गर्नुपर्ने छ ।मेरो सहभागिता नहुने भुक्तानी प्रक्रियामा मलाइ जोडेर हल्ला गर्ने कार्यप्रती खेद व्यक्त गर्दछु म सार्वजनिक रुपमा भन्दैछु आर्थिक अनियमिततामा मेरो सहभागिता प्रमाणित गर्नुभएमा म सार्वजनिक जीवनबाट बिदालिने छु । कुरा यतिमात्र सिमित छैन आर्थिक मामिला संग मलाई समेत जोडेर आएका आपत्तिजनक हल्ला गर्ने हरुले पनि कानुनको सामना गर्न तयारी भएर बस्न चेतावनी पनि दिनचाहन्छु । मलाई अग्रज महानुभावहरु,आफन्त शुभचिन्तकहरु, पार्टीका अग्रज नेता ज्यूहरु , साथीहरु र आम नगरवासीहरुले बेला बेला महत्वपूर्ण सुझाव दिइराख्नु भएको छ । उहाँहरुका सुझावलाई आफ्नो जिवनपद्धतिमा लागू गर्दैआएको छु । तसर्थ यो संकटको घडीमा मैले मेरो क्षमता , बुद्धि विवेकले भ्याए सम्म जनचेतनामूलक कार्यक्रममा सक्रिय छु । म लकडाउनको समयमा पनि सेल्फ क्वारेन्टाइनमा नबसि सबैलाई सामाजिक दुरि बढायर कोरोना भाइरस रोकथाममा सहयोग गर्न दौडिरहेको अवस्थामा मलाई बिचलित गर्ने मनसायले आएका हल्लाबाट हतोत्साहित नभएर निरन्तर पुर्ववत झै निरन्तर नगरवासी आमाबुवा दाजुभाइ तथा दिदिबहिनीको सेवामा समर्पित रहनेछु ,र पार्टीका नेताज्युहरुका सुझाव सल्लाह,निर्देशन र नगरवासी आमाबुवा दाजुभाइ तथा दिदिबहिनीका सुझाव,सल्लाहबाट निर्देशित भएर निरन्तर सक्रिय रहेको यहाँहरुलाइ अवगत नै छ । आगामी दिनमा पनि सबैको सुझाव सल्लाहबाट अघिबढ्ने प्रण गर्दछु ।
अम्बिका चलाउने
उपप्रमुख , पन्चदेवल विनायक नगरपालिका
कार्यपालिकाको कार्यालय , विनायक अछाम
मिति – २०७६ / १२/ २० गते