मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना बिरुद्ध साझा लडाई लडौँ : डाक्टर रावल

कोरोना बिरुद्ध साझा लडाई लडौँ : डाक्टर रावल


कमल रावल चैत १९ अछाम

नेपाल कम्युनिष्ट पार्टि सुदुरपश्चिम प्रदेश ईञ्चार्ज एव पुर्व उपप्रधान तथा गृह मन्त्रि डाक्ट्र भिम रावलले नोभल कोरोनाभाईस कोभिड् १९ बिरुद्धको लडाई देशको साझा चुनौति भएको बताउनु भएको छ ।

यो बेला एक अर्का माथि दोष लगाउने बेला नभएर कोरोनाभाईरसबाट सिँगो देशलाई बचाउने अभियान भएकाले देश र जनता प्रति प्रत्येक ब्यक्ति ईमान्दार भएर साझा समस्यालाई समाधानमा लाग्नु पर्ने बताउनु भएको छ ।

कोरोनाभाईरसको संक्रमणबाट बच्ने उपायका बारेमा बोल्दै नेता रावलले बैशाखको महिना प्रत्येक किसानको गहु बाली भित्रयाउने समयमा बिषम परिस्थिती आईपरेकाले आगामि दिनमा सरकारले नेपालीको लागि ठोस योजना बनाएर अघि बढनु पर्ने बताउनु भयो ।

कोरोनाभाईरसका बिरुद्ध जुझिरहेका स्वास्थ्यकर्मि र सुरक्षाकर्मिका लागि आवश्यक उपकरण तथा सामाग्रीका लागि आफुले निरन्तर आवाज उठाईरहेकाले त्यस तर्फ सरकारको ध्यान जानु पर्नेमा जोड दिनु भयो ।

अछाम क्षेत्र नम्बर १ का सासंद समेत रहेका नेता रावलले भारतको विभिन्न नाकामा आएर लकडाउन पछि अलपत्र परेका नेपाली दाजुभाईको समस्याको बारेमा आफुले पनि पटक पटक सरकारलाई भन्दै आएकाले उनिहरुलाई चाँडै नेपाल ल्याएर स्वास्थ्य परिक्षण गरि समस्या भए अस्पताल भर्ना गर्नुपर्ने र नभए १४ दिनसम्म जुन स्थानिय तहको ब्यक्ति हुन त्यहाँ जिम्मा लगाएर क्वारेन्टाईनमा राख्नु पर्ने बताउनु भयो ।

लकडाउन सबैका लागि भएकाले यसको पुर्ण कार्यान्वयनमा हरेक नेपाली सचेत हुनु पर्ने बताउदै जहाँ भएपनि आफु बाच्ने र अरुलाई बचाउने अभियानका साथ सुरक्षित बस्नु पर्ने बताउनु भयो ।