मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पतिको लास घाट्मा नपुर्‍याउँदै पत्नीले पनि संसार छोडिन्

पतिको लास घाट्मा नपुर्‍याउँदै पत्नीले पनि संसार छोडिन्


अछाम- भनिन्छ, विवाह गर्दा हरेक जोडीको सपना हुन्छ, जीवनभर संगै जिउने, संगै मर्ने। तर धेरैको सपना वास्तविक जीवनसँग मेल खाँदैन।

वैवाहिक जीवनको लामो यात्रा सँगसँगै तय गरेको अछामको एउटा जोडीको भने यस्तो संयोग देखियो। 

मृत्यु अवश्य पनि नमिठो हुन्छ। तर संयोग भनौं वा भवितव्य अछामको बान्नीगढी जयगढ गाउपालिका-१ गाज्राका ६५ वर्षीय गगनसिंह खड्का र उनकी श्रीमती जानकी देवी खड्का एकै दिन संसारबाट विदा भएका छन्।

अघिल्लो रात पति गगनसिंहको निधनले विक्षिप्त बनेकी पत्नी जानकीले पतिले प्राण छोडेको १२ घण्टा नवित्दै संसार छोडिन्।

दुबैको दाहसंस्कार पनि सँगसँगै गरिएको छ।

बिहीबार गगनको शव दाहासंस्कारका लागि लैजाँदै गर्दा जानकीले पनि प्राण छोडेको छिमेकीहरुले बताए।

गगनको शव आधाबाटोमा पुर्‍याँउदा जानकीको पनि मृत्यु भएको खबर आएपछि जानकीको शवलाई पनि सँगैसँगै अन्त्येष्टीका लागि लगिएको थियो। 

गगन क्यान्सरबाट पीडित रहेको र जानकीमा फोक्सोको समस्या रहेकोले दुबै जना लामो समयदेखि उपचाररत रहेको छोरी सत्यले बताइन्।

भएभरको सम्पति उपचारमा सकिइसक्दा पनि निको नभएपछि उनीहरु करिव डेढ महिना पहिलेमात्र भारतबाट घर फर्किएका थिए।

बाबु आमाले एकै दिन प्राण छाडेपछि एकमात्र छाेरा २३ वर्षीय महेन्द्र खड्काले काज किरिया सुरु गरेका छन्।