मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कालोबजारी गरेको पाईएमा तुरुन्त खबर गर्नुस : अछाम उद्योग वाणिज्य संघ (अपिल सहित)

अछाममा कालोबजारी गरेको पाईएमा तुरुन्त खबर गर्नुस : अछाम उद्योग वाणिज्य संघ (अपिल सहित)

सरकारको निर्णयको पूर्ण रुपमा पालना गर्नुस


अछाम |
कोरोना भाईसको कारण आएको बिषम परिस्थितीमा सरकारले जारी गरेको सुचना तथा निर्णयको पूर्ण रुपमा पालना गर्न अछाम उद्योग वाणिज्य संघले अपिल गरेको छ ।

यस परिस्थितिमा जिल्ला भित्र रहेका उधोगी, ब्यापारी लगायत सम्पूर्ण जनताहरुलाई सुरक्षित बस्नका लागि वाणिज्य संघले अपिल गरेको हो ।

संघका अध्यक्ष महेन्द्र कडायत र महासचिव बमबहादुर रावलद्धारा जारी अपिलमा जिल्लाका व्यापारी तथा व्यावसाय बर्गलाई नियमित मुल्यमा नै सेवाग्राहीलाई सेवा दिन समेत अनुरोध गरिएको छ ।

खाद्यान्न, औषधि लगायत दैनिक जिवनयापन गर्ने सामाग्री ढुवानीका लागी गाडीहरु आवतजावत गर्न गराउन कुनै कठिनाई भएमा सहजताका लागि अछाम उधोग बाणिज्य संघलाई सम्पर्क गर्न समेत आग्रह गरिएको महासचिव रावलले बताउनु भयो ।

यस्तो बिषम स्थितिमा कुनैपनी व्यापारी तथा व्यावसायिहरुले कालोबजारी गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

कोही कसैले त्यस्तो सुचना पाएमा तुरुन्त अछाम उद्योग वाणिज्य संघले उपलब्ध गराएका सम्पर्क नम्बरमा खबर गर्न सबैलाई आग्रह गरिएको छ ।

यस्तो छ संघले जारी गरेको अपिल