मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा बस्ने अछामीद्धारा बयालपाटा अस्पताललाई ४१ हजार ५ सय बढी सहयोग गर्ने घोषणा

भारतमा बस्ने अछामीद्धारा बयालपाटा अस्पताललाई ४१ हजार ५ सय बढी सहयोग गर्ने घोषणा


मुम्बई ।
अछाम स्थित बयालपाटा अस्पताललाई कोरोना भाईरस नियन्त्रण तथा रोकथाम अस्पताल बनाउन नागरिक स्तरबाट अस्पताललाई आर्थिक सहयोग अभियानमा स्वेच्छिक रुपमा आर्थिक सहयोग घोषणा अभियान जारी छ ।

बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोग गर्ने अभियान सुरु गरिएको हो ।

जस अन्र्तगत आज अभियान थालनी भएको चौथो दिन बिदेशबाट पनि आर्थिक सहयोग गर्ने घोषणा भएको छ । अछाम घर भई बिदेशमा बस्दै आउनु भएका व्यक्तीहरुबाट सहयोग गर्ने घोषणा गरेका छन् ।

वान्नीगढी जयगढ हाल मुम्बैं पदम भुलको नेतृत्वमा अभिायनलाई सहयोग गर्न आर्थिक संकलन भईरहेको छ । स्वयम भुलले ५ हजार, जनसम्पर्क समिति मुम्बै भारत क्षेत्रिय अध्यक्ष एम. वि. वोहोरा ८ हजार, संयुक्त नेपाली महासंघ भारत अध्यक्ष हाल मुम्बै भरत रावल ५ हजार, संयुक्त नेपाली महासंघ भारतका महामन्त्री पूर्ण कुँवर हाल मुम्बै ५ हजार, भुल एकता समाज मुम्वै भारतका महासचिव हस्त भुल ३ हजार २ सय, सानपा ३ प्रभा हाल पुना भारत विक्रम खड्का ५ हजार १ सय २०, सानपा ३ प्रभा हाल पूना भारत पूर्ण कुँवर जिम्माल ५ हजार १ सय २०, लोक तथा दोहोरी गायक हिक्मत ठकुल्ला र चन्द्रकला ठकुल्ला हाल मुम्बै ५ हजार १ सय २० सहयोग गर्ने घोषणा गरेका छन् ।

बयालपाटा अस्पतालको सहयोगका लागि सुरु गरिएको यस अभियानमा सबैको सहयोग खाँचो रहेको भन्दै न्या हेल्थ नेपाल बयापाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले परोपकारी भावनाले सहयोग गर्न चाहानेले स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिने बताउनु भयो ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ ( Nyaya Health Nepal- Bayalpata Hospital )
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९
 ( Bayalpata Hospital )

अभियान सम्बन्धी आवश्यक अन्य जानकारी बुझ्न चाहेमा यसका अभियानकर्ता कृष्ण कुवँर र अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनसंग कुरा गर्न सकिनेछ ।