मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाब्लाका समाजसेवी बाब्लीद्धारा बयालपाटा अस्पताललाई ५० हजार सहयोग गर्ने घोषणा

बाब्लाका समाजसेवी बाब्लीद्धारा बयालपाटा अस्पताललाई ५० हजार सहयोग गर्ने घोषणा


चौथो दिन १ लाख ५३ हजार ८ सय ११ सहयोग गर्ने घोषणा

२८ चैत्र, अछाम ।

अछाम स्थित बयालपाटा अस्पताललाई कोरोना भाईरस नियन्त्रण तथा रोकथाम अस्पताल बनाउन नागरिक स्तरबाट अस्पताललाई आर्थिक सहयोग अभियानमा आर्थिक सहयोग घोषणा अभियान जारी छ ।

बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोग गर्ने अभियान सुरु गरिएको हो ।

जस अन्र्तगत आज अभियान थालनी भएको चौथो दिन साँफेवगर नगरपालिका वडा नं. १३ बाब्लाका समाजसेवी भरत ब. बाब्ली ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् । अस्पतालले यस क्षेत्रका जनतालाई निशुल्क रुपमा प्रभावकारी स्वास्थ्य सेवा दिईरहेको भन्दै बाब्लीले अब सबैले अस्पताललाई सहयोग गर्नुपर्ने बताउनु भयो ।

आर्थिक सहयोग अभियान एकदमै सकरात्मक भएकोमा खुशी व्यक्त गर्दै बाब्लीले आगामी दिनमा पनि अस्पताललाई आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै यूवा उद्योगी वान्नीगढी जयगढ गाउँपालिकाका विष्णु स्वार जनालीकोटले २५ हजार १ सय ५१, त्रिचन्द कलेजका उपप्रधापक वान्नीगढी जयगढ कालिका सुगाली निवासी धर्म रावलले १० हजार, युवा व्यावसायी चेतमान विक्रम शाहले १० हजार, मेल्लेख गा.पा. ४ कुस्कोटका नन्द बहादुर साउदले १० हजार, क्षेत्र न. १ चौरपाटी गाउँपालिका नेपाली कांग्रेस क्षेत्रीय सदस्य महेश खड्काले ५ हजार एक सय, हात्तिकोट मेल्लेखका टंक बुढाले २ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

बयालपाटा अस्पतालको सहयोगका लागि सुरु गरिएको यस अभियानमा सबैको सहयोग खाँचो रहेको भन्दै न्या हेल्थ नेपाल बयापाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले परोपकारी भावनाले सहयोग गर्न चाहानेले स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिने बताउनु भयो ।

चार दिन गरेर ७ लाख एक सय ७८ रुपयाँ आर्थिक सहयोग गर्ने घोषणा भएको छ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ ( Nyaya Health Nepal- Bayalpata Hospital )
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९
 ( Bayalpata Hospital )

अभियान सम्बन्धी आवश्यक अन्य जानकारी बुझ्न चाहेमा यसका अभियानकर्ता कृष्ण कुवँर र अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनसंग कुरा गर्न सकिनेछ ।