मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाउँपालिकाकाे काेषमा चेतना सहकारी संस्थाकाे १० हजार सहयाेग

तुर्माखाँद गाउँपालिकाकाे काेषमा चेतना सहकारी संस्थाकाे १० हजार सहयाेग


टेकराज भण्डारी, चैत्र २९, अछाम ।

अछामकाे तुर्माखाँद गाउँपालिकाले काेराेना भाईरस राेकथामका लागि स्थापना गरेकाे स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सहकारी संस्थाले पनि अार्थिक सहयाेग गरेकाे छ ।

तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ मा रहेकाे चेतना बचत तथा ऋण सहकारी संस्था भैरबस्थानले गाउँपालिकाले स्थापना गरेकाे राहत काेषमा १० हजार १ सय ५१ रुपैँया प्रदान गरेकाे हाे ।

बिश्व महामारीको रुपमा फैलिएको कोभिड 19 ( कोराना भाईरस) को संक्रमण नेपालमा समेत देखापरेको र यसक‍ो रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले गरेकाे काममा सहकार्य तथा सहयाेगका लागि सहकारीले रकम प्रदान गरेकाे सहकारी संस्थाका अध्यक्ष राजबहादुर बिसीले जानकारी दिनुभयो ।

” एक थुकि सुकि सय थुकि नदी ” भन्ने सहकारीको नारा अनुसार सहानुभूति स्वरुप कोषमा संस्थाका अध्यक्ष बिसी, सचिव नरबहादुर बिसी, र व्यवस्थापक जमानसिंह बिसीको उपस्थितिमा तुर्माखाँद गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष पदम बहादुर बिसीलाई संस्थाका अध्यक्ष राजबहादुर बिसीले दश हजार एकसय एकाउन्न रुपैयाँको चेक हस्तान्तरण गर्नुभएकाे हाे ।

काेराेना राेकथामका लागि नेपाल सरकारले समेत गत चैत्र ११ गते देखि २०७७ बैशाख ३ गते सम्म लकडाउन गरेको छ । तुर्माखाँद गाउँ पालिकाले पनि कोभिड 19 को उच्च जोखिममा रहेको सन्दर्भमा यसबाट उत्पन्न हुनसक्ने संकटको सामना गर्न गाउँपालिकाले राहत काेष स्थापना गरेकाे छ ।

नविल बैंक तुर्माखाँद शाखामा गाउँपालिकाले “स्थानीय तह प्रकोप व्यवस्थापन कोष” अन्तर्गत 07901017500526 नम्बरकाे खाता संचालनमा ल्याएकाे छ ।

गाउँपालिकाले २० लाख रकमकाे काेष स्थापना गरेकाे र काेषमा रकम जम्मा गरि सहयाेग गरिदिन सबैलाई अनुराेध गरिएकाे गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिनुभयो ।