मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्म दिनको अवसरमा बयालपाटा अस्पतालका २८ हजार सहयोग

जन्म दिनको अवसरमा बयालपाटा अस्पतालका २८ हजार सहयोग


पूर्ण बहादुर खड्का, २९ चैत्र, अछाम

साँफेबगर नगरपालिका वडा नं. ८ निवासी जर्ज कडायतले आफ्नो जन्म दिनको अवसरमा बयालपाटा अस्पताललाई आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

२७ बर्ष पुरा भई २८ बर्ष प्रबेश गरेको अवसरमा अस्पतालको सहयोगार्थ २८ हजार आर्थिक सहयोग गरेको कडायतले बताउनु भयो ।

जन्म दिनमा फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा सामाजिक कार्य गर्नु राम्रो भएको भन्दै कडायतले उक्त सहयोग गरको उल्लेख गर्नुभयो ।

जन स्तरबाट बयालपाटा अस्पतालका लागि सुरु गरिएको अभियान अन्र्तगत नै छोरालाई सहयोग गर्न लगायएको कडायतका बुवा अछाम उद्योग वाणिज्य संघका अध्यक्ष मेहन्द्र कडायतले बताउनु भयो ।

कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोगको अभियान गरिएको थियो ।

बयालपाटा अस्पतालको सहयोगका लागि सुरु गरिएको यस अभियानमा सबैको सहयोग खाँचो रहेको भन्दै न्या हेल्थ नेपाल बयापाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले परोपकारी भावनाले सहयोग गर्न चाहानेले स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिने बताउनु भयो ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ ( Nyaya Health Nepal- Bayalpata Hospital )
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९
 ( Bayalpata Hospital )

अभियान सम्बन्धी आवश्यक अन्य जानकारी बुझ्न चाहेमा यसका अभियानकर्ता कृष्ण कुवँर र अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनसंग कुरा गर्न सकिनेछ ।