मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन ६ मा नुुन वितरण गरियो

मंगलसेन ६ मा नुुन वितरण गरियो


बैशाख ३ अछाम

मंगलसेन नगरपालिका वडा नम्बर ६ का २ सय ९१ घरधुरीका परिवारलाई आयोडिन नुन वितरण गरिएको छ ।

वडा नम्बर ६ को आयोजना तथा ठुलासैनमा रहेको मालिका बचत तथा ऋण सहकारीको आर्थिक सहयोगमा वडामा साढे ७ क्विन्टल नुुन वितरण गरिएको हो ।

वडा नम्बर ६ मा नुुनको अभाब भएपछि जनताको माग अनुसार नुन वितरण गरिएको वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले बताउनुु भयो । १ देखि ३ जना सम्मको घरपरिवारलाई १ पोका, ६ जना सम्मका परिवारलाई २ पोका र ६ भन्दा माथिका परिवारलाई ३ पोका र ९ देखि माथिका परिवारलाई ४ पोका वितरण गरिएको अध्यक्ष भण्डारीले बताउनुु भयो ।

वडा नम्बर ६ र ७ मा वितरण गर्ने लक्ष्यका साथ नुुन वितरणको थालनी गरिएकाले वडा नम्बर ७ जनालिवण्डालीमा समेत नुुन वितरण गरिने सहकारीका अध्यक्ष लाल बहादुर बिष्टले बताउनुु भयो । नुन वितरण कार्यक्रममा सहकारीका सचिव हेमराज भण्डारी,कार्यपालिका सदस्य भावना विक, वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।