मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस बान्नीगढीद्वारा पालिका उपाध्यक्ष साउँदको राजीनामा माग (विज्ञप्ती सहित)

नेपाली कांग्रेस बान्नीगढीद्वारा पालिका उपाध्यक्ष साउँदको राजीनामा माग (विज्ञप्ती सहित)


अछाम

नेपाली कांग्रेस बान्नीगढी द्वारा बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदको राजीनामा माग गरेको छ ।

गाउँपालिका उपाध्यक्ष आफैं पालीकाको राजश्व बाडफाड,अनुगमन समितिको प्रमुख, न्यायिक समितिको प्रमुख, भएकै ब्याक्तीले कानुन र संविधानको धज्जी उडाउदै गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको राजीनामा माग्नु त्यो पनि अध्यक्ष छोराको बिषयलाई लिएर भन्दै आपत्ति समेत जनाएको छ ।

गाउँपालिका अध्यक्ष छोराको बिषयलाई जोडेर कोरोना भाइरसको निम्त्याएको कहलको कारण देश नै आक्रान्त बनेको बेला यस्तो बिपत्तीको समयमा कसरी आम नागरिकको स्वास्थ्य सुरक्षा गर्न सकिन्छ, भनेर लाग्नु पर्ने बेला राजीनामा माग्नु बे मौसमी बाजा बजाउनु सरह रहेको भन्दै अरूलाई नैतिकताको पाठ सिकाउने उपाध्यक्ष साउद आफै मा कती नैतिक वान रहेको भन्दै नैतिकताको आधारमा पद बाट राजीनामा दियर उप निर्वाचनको मार्ग खोलिदिन अनुरोध समेत गरेको छ ।

केही दिन अघि गाउँपालिका अध्यक्ष खड्काका छोराको बिषयलाई लिएर नेकपा बान्नीगढी ईन्चार्ज समेत रहेका उपाध्यक्ष साउदले अध्यक्ष खड्काको राजीनामा मागेका थिए ।।

विज्ञप्तीको पूर्णपाठ