मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोगले भन्दा भोकले मर्नबेला आउदैछ

रोगले भन्दा भोकले मर्नबेला आउदैछ

बाँझो जमिन खनौं अन्न फलाऔं


  • भिमबहादुर साँउद

मर्न डर सबैलाई लाग्छ । रोगले होस् या भोकले । विश्व अहिले तनावग्रस्त अवस्थामा छ, न भाग्न नै सक्छ न भोग्न नै सकिरहेको छ । विना गल्तिको सजाय प्रकृतिसँग छैन किनकि प्रकृतिको नियम नै हो गल्तिको सजाय भोग्नै पर्छ । कस्ले गर्यो गल्ति, कुन घरबाट सूरुभयो यो महामारीलाई भित्राउने गल्ति पत्तो छैन ।

यहि विषयमा अमेरिकी राष्ट्रपतिको केहिदिन पहिलेको वक्तव्य (Chinese Virus) हो भन्ने विश्वभरी नै चासोको विषय बन्यो । विनासितै हल्ला चल्यो वा साच्चै चाईनिज भाईरस हो यसको लेखाजोखा समयले गर्न लागिपरेकै छ, मात्रै ढिलो चाडोको कुरा हो । एक जनाले गरेको गल्तिको सजाय भोग्न आज विश्नलाई नै परेको छ जसका भागेदार हुनबाट हामी पनि बच्न सकेनौ ।

मैले अहिले यो लेख लेखिरहेको बैशाख १० बेला विहानको ९ बजेर ३० मिनेट भएको छ । अहिले सम्म विश्वमा कोरोना भाईरस कोभिड १९ बाट :

Corona virus (COVID-19) pandemic
Nepal cases

Updated Apr 22 at 5:20 PM local
Confirmed
42+11
Deaths 0
Recovered 5
+1
Global cases
Updated Apr 22 at 5:20 PM local
Confirmed 2,580,729 +85,814
Deaths 178,371+7,122
Recovered 693,093 +35,084

यो तथ्थाङक प्रत्येक सेकेन्डमा बढ्दो छ । यो महामारीको सामना गर्न मै हुँ भन्ने देशहरुपनि असफल भएका छन । नेपालमा यसको प्रभाव झनै बढ्ने क्रम जारी छ, यसको असर नेपालले खेप्न सक्ला त ? के नेपालसँग उपयुक्तm उपकरणको बन्दोबस्त छ ? यी र यस्तै प्रश्नहरु उठाउनु पर्न वेलामा , समाधानको दिशामा अगाडि बढ्नु पर्न बेलामा मेरो देशको सरकार लोकतन्त्रको ओरालो यात्रामा बेमौसमि बाजा घन्काउदै छ ।

एक उखान छ “काम कुरो एकातिर नाम्लो बोकि ठिमितिर” यस्तो वास्तविकता सबैका सामु छर्लङ्क छ । विगत देखि नै विकासले र केहि भष्ट्रहरुले अठ्याको नेपाललाई रोग, भोक र शोकले अठ्याउने दिन धेरै टाडा छैन । यस्तो कसैलाई नहोस भनेर कामना गर्न बाहेक अरु केहि छैन ।

“कोरोना महामारीको सामना गर्न मै हुँ भन्ने देशहरुपनि असफल भएका छन । नेपालमा यसको प्रभाव बढ्ने क्रम जारी छ, यसको असर नेपालले खेप्न सक्ला त ? के नेपालसँग यसका लागि उपयुक्त उपकरणको बन्दोबस्त छ ? यी र यस्तै प्रश्नहरु उठाउनु पर्न र समाधानको दिशामा अगाडि बढ्नु पर्ने बेलामा मेरो देशको सरकार लोकतन्त्रको ओरालो यात्रामा बेमौसमी बाजा घन्काउदै छ ।”

पढाई सँगै बैदेशिक रोजगारीका शिलशिलामा बाह्य मुलुक हानिएका ति नेपाली जन्मभुमि आउन आतुर छन तर यहाँ ल्याउने कुनै बन्दोबस्त छैन, ति व्यक्तीका पसिनाले कमाएको रेमिटान्स आउने मेरो देशमा तिनै लाई बन्देज छ ।

“यो बेला परदेशिलाई जन्मभुमिको माया चाहिएको छ, आउने बाटो खुल्ला चाहिएको छ । तर सबै असम्भवको भुमरीको खाल्टोमा धेरै फोहोर भैसक्यो । ”

यो बेला सावित हुन्छ जन्मभुमिको महत्व र आफु जन्मिएको माटो, अब त परदेशिले आसै मारे होलान हगि ! नेपाल भित्रै त कर्मभुमिबाट जन्म भुमि जान यति मरीहत्य छ भने एक पटक डाडा पारीको दुखको रापमा तातिरहेका ति नेपालि सन्तानलाई सम्झौ, सम्झन बाहेक कामना गरौ हाम्रा प्रदेशिलाई शु–स्वास्थलाभको कामना ।

यो बेला पेट भर्ने बेला होईन, बाच्नलाई खाउ पेट त पछि पनि भरौला । बरु जो जहाँ जुन अवस्थामा हुनुहुन्छ आत्मविश्वासलाई दरिलो पार्ने दैनिकिहरुमा परिवर्तन ल्याऔं ।”

स्वास्थको ख्याल गरौ अनावश्यक रुपमा समाज विरोधि कार्य नगरौ । गाउँमा हुनेहरु गाउँको बाझो बारीसँगको सम्बन्ध बढाउँ, कति दिन पुग्छ राहत, कति दिन दिन्छ अरुले यी प्रश्न मैले आफुलाई सोधे शुन्य पाए । तपाईपनि सोध्नुहोस थप अरुपनि ।

प्रिय युवा साथिहरु,

लकडाउन भनेर सुतेर समय विताउने बेला होईन यो, कुम्भकण्ड कलियुगमा आवश्यक छैन । सुरक्षित र सजहकता अपनाउ दिनचर्यामा विविधता ल्याउ चुनौतिलाई अवसरका रुपमा ग्रहण गर्न प्रयत्न गरौं, कामको सम्मान गरौं, लगातार र लगनशिल भएर आफुलाई परिवर्तनको मुल मार्गमा हिडाउने कोसिस गरौ ।

नेपालि भुमिमा सुन फल्छ भनेर भन्नेहरुको कमि छैन तर विश्वासका साथ कर्म थालौ यो भुमिमा अन्न भने अवश्य फल्छ । जब रोग लाग्छ अनि समयको महत्व बढ्न थाल्छ, भोक लाग्छ तब अन्नको महत्व हुन थाल्छ र जब शोक लाग्छ अनि सनतानको महत्व थाहा हुन्छ ।

यि तिनै कुराहरुबाट बच्न संकल्प गरौ, आफुलाई मानसिक, शारिरीक र भौतिक रुपमा सक्रिय बनाउन पाखोबारी सँगको सम्बन्धमा ध्यान दियौं, कति बेलाबेला मान्छे भेटिरहनु छोड्दिनुहोस यस्ता कुरा यसले स्वास्थलाई फाईदै गर्नेछ । वैकल्पिक बाटोहरु खोजौ र कार्यान्यनको दिशामा सामाजिक दुरी कायम राखि अगाडि बढौं ।

सबै कुराको दिन आउछ जसको निर्णय केवल प्राकृतिक रुपमा छ । समस्या सबैलाई आउछ यदि मानव जातिले यसको समाधान गर्न सकेन भने पनि प्रकृतिबाटै सम्भव हुनेछ । चिन्ता भन्दा चिन्तन गर्न प्रवृति आफैमा विकास गरौ ।

अंग्रेजिमा एक भनाई छ (Worrying means you suffer twice) त्यसैले तपाई सँग पाखो बारी छैन भने सामाजिक संन्जालबाट सकारात्मक र रचनात्मक कुराहरु बाढौं विना काम कसैलाई आक्षेप लाग्ने कुरा, गालि गलच, टिकाटिप्पणी, पाटि फुटाउने, विरोध गर्न त बाचेपछि कति गरौला कति । बाझो जमिन हुनेहरु थाल्नुहोस सुरुवात भोकमरीको संकेत नेपालबाटै सुरु हुने देखिदैछ ।

आफैबाट एक आन्दोलनको सुरु गरौ, सामाजिक आन्दोलनको अग्रमोर्चामा युवाहरु उभिऔँ, आफ्नै ठाँउमा सुन फलाउने आन्दोलको आजै सुरुवात गरौँ, जुन आन्दोलन रोग, शोक र भोक लक्षित हिमाल, पहाड र तराईलाई जोडी सामाजिक सदभावमा आँच आउन नदिई थालनी गरौँ ।

प्रत्येक ठाउँमा आत्मनिर्भरको भुत जगाऔ, कसलाई के था कतै परिवर्तनको दशक यहि पो बन्छ कि । जय युवा, जय देश ।

लेखक साँउद ,नेपाल युवा परिषद केन्द्रिय सदस्यको हुनुहन्छ ।