मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार बद्लौँ विकास हाम्रै पालामा सम्भव छ, आफु निर्वाचित पछि नगरको मुहार फेरिएको छ : नगर प्रमुख बडुवाल

विचार बद्लौँ विकास हाम्रै पालामा सम्भव छ, आफु निर्वाचित पछि नगरको मुहार फेरिएको छ : नगर प्रमुख बडुवाल

पाँच बर्षमा डाटाबेसमा आधारित बिधिको शासन सहित लोक कल्याणकारी राज्यको प्रत्याभुति दिलाउने लक्ष्य बडीमालिकाको लक्ष्य


पाँच बर्षमा डाटाबेसमा आधारित बिधिको शासन सहित लोक कल्याणकारी राज्यको प्रत्याभुति दिलाउने लक्ष्य बडीमालिकाको लक्ष्य ‘

पूर्ण बहादुर खड्का, अछाम ।

एक दशक भन्दा बढी देखि राजनितिमा क्रियाशिल बडुवाल नेपाली कांग्रेस पार्टीको प्रतिनिधत्व गर्दै पहिलो पटक जनप्रतिनिधीमा चुनिए । बाजुरा जिल्लाको बडीमालिका नगरको प्रमुखमा निवाीर्चत भएका बडुवालले राजनितिलाई प्रमुख आधार बनाएर समाजको विकास र रुपान्त्ररण हुन्छ भन्ने विश्वास साथ अघि बढेका छन् । सबै किसिमका चुनौती चिर्न बडीमालिका नगर सफल भएको दाबी गर्ने बडुवालले चुनौतीलाई अवसर र सिकाईका रुपमा लिएका छन् । ५ बर्ष भित्रैमा नगरको एउटा खुट्किलो पार गराउने लक्ष्य लिएका बडुवाल नगर प्रमुखमा निर्वाचित भएपछि थुप्रै राम्रा काम भएको जनस्तर बाटै प्रशंसा हुने गरेको छ । यसैबिच हामीले पनि बढीमालिका नगरपालिकामा तपाई निर्वाचित भएपछि के कस्ता प्रगती भए, तपाईको कार्यकालमा के के काम भए, आगामी बाँकी रहेको बर्षमा के के गर्ने योजना छन् भनेर कुराकानी गरेका छौँ ।

नगर प्रमुख ज्यू स्वागत छ यहाँलाई ।
धन्यवाद, नमस्कार ।

देश संघिय संरचनामा गईसकेपछि स्थानिय तहमा निर्वाचन भयो, तपाई यस बडीमालिका नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि जिल्लामा भएका प्रमुख कामहरु केके हुन ?

म निर्वाचित भईसकेपछि भएका प्रमुख कामहरुलाई मैले बुदागत रुपमा प्रष्ट पार्ने गरेको छु । शिक्षा, स्वास्थ्य, सड्क, खानेपाली सुचना प्रविधी, पर्यटन र कृषी क्षेत्रमा हामीले उल्लेख प्रगती गरेका छौँ । केही कामहरु प्रगतीको पथमा छन् । नगरपालिका बडीमालिकालाई सुन्दर नगरका रुपमा विकसित गर्न हामी क्रियाशिल छौँ ।

पहिलो स्वास्थ्य क्षेत्र ।

म आफु निर्वाचित हुनु अघि नगरमा ३ वटा मात्र स्वास्थ्य चौकी थिए । बडीमालिका नगरपालिका सदरमुकाम भएकै नगर भएकाले जिल्ला अस्पताल छ । त्यसको भौतिक संरचना अहिले फेरी पुन निमाृणको प्रक्रियामा छ । म निर्वाचित भईसकेपछि नगरका सबै ९ वटै वडामा स्वास्थ्य चौकी स्थापना भएका छन् । एक वडामा समान जोड्न बाकी रहेपनि अरु सबै वडामा बर्थिगं सेन्टर सहितको स्वास्थ्य सेवा दिन मिल्ने शहरी स्वास्थ्य क्लिनिक स्थापना भएका छन् ।

शिक्षा क्षेत्र ।

हामी आउने बेलामा नगरमा ५७ सय ४४ जना बिद्यार्थी भएको २५ वटा सरकारी स्कुल थिए । तर दरबन्दीको अभाव थियो, म आफु निर्वाचित भईसकेपछि ४८ जना बिषयगत शिक्षक राखेर शिक्षक भर्ना गरेर स्कुलहरुलाई व्यवस्थित बनाएको छौँ । जसले गर्दा नगरका बिद्यार्थी भाईबहिनीहरुको पढाई संगै यस क्षेत्रको शिक्षामा राम्रो प्रगती हुने अपेक्षा गरेका छौँ । भौतिक संरचना अन्र्तगत नगरका लागि २ सय २५ वटा कोठा भएका भवनहरु आवश्यक छन् । हामीले ३ बर्ष भित्र १६ कोठे पक्की भवन बनाएका छौँ । बाँकी क्रमबद्ध रुपमा काम भईरहेको छ ।

Bajura

सडक क्षेत्र

२ वडामा आउने बर्षमा सड्क वडा कार्यालय सम्म पुग्नेछ भने बाँकी नगरका सबै वडाहरु सडक सञ्जालसंग जोडिएका छन् । मार्तडी बजार पाईपलाईनले अव्यवस्थित शहर थियो । हिलै हिलोको कच्ची सड्क थियो अहिले त्यो आरसिसी रोडमा परिणत भएको छ । बजार प्रबेश गर्दा देखी सबै बजार क्षेत्रमा अहिले आरसिसि रोड छ । अहिले मार्तडी बजार शहरिकरण जस्तो भएको छ । अस्पताल देखी कार्यालय पुग्न व्यवस्थित सड्क बनेको छ । पहिला आएको मान्छे अहिले आउदा धेरै फरक पाउनेछन् ।

Bajura

सुचना प्रविधको क्षेत्र

सुचना प्रविधीमा समेत हामीले उल्लेख काम गरेका छौँ । वडालाई केन्द्रित गरेर सबै वडामा ईनटरनेटको व्यावस्था गरिएको छ । जसले गर्दा कहाँ के भईरहेको छ भनेर बुझ्न सजिलो छ । नगरपालिका परिवार भन्ने म्यासेञ्जर समुह चलाएको छ । जसले गर्दा कुन ठाँउमा के समस्या भयो एकैचोटी खबर हुने भएकोले काम गर्न सजिलो छ ।

हाम्रो नगर ईबडिमालिकाको अवधारणले अघि बढेको । नगरका सबै वडामा ईन्टरनेटको व्यवस्था भएकाले जस्तोसकै सुचना अहिले सजिलै प्राप्त गर्न सकिन्छ । सबैको पहुँचमा ईन्टरनेट पुगेको छ । अहिले धेरै जसो काम सफ्टवयर मार्फत काम हुने गरेका छन् । अनलाईन मार्फत नै धेरै काम गर्ने हाम्रो लक्ष्य छ ।

कृषीका क्षेत्र

हामीले खेतीयोग्य जमिनको तथ्यांकको रेर्कड हुने काम भएको छ । जसमा बर्षामा पानीको मुल आएपछि रोपीने खेत ओसिय जग्गा कति, आकाशे पािन भर पर्ने खेती योग्य जमिन कति त्यसको तथ्यांक राखेर योजनाका साथ कृषिलाई आधुनिकीकरण गर्न तर्फ नगर अग्रसर भएको छ । बिपत योजना बनाएर नगरका ३ ठाँउबाट सिचाँई कुलोको सुरुवात गरिएको छ । यसअघि ११ सय बर्ग मिटर क्षेत्रफल जग्गा सिंचित रहेकोमा अबको ५ बर्ष पछि नगरमा झन्डै ४ हजार हेक्टर जग्गा सिंचित हुनेछ । जसले गर्दा यहाँको उत्पादनने बढी हुने र गरिवी न्यूनिकरण हुने अपेक्षा नगरले लिएको छ । एक गाँउ एक उत्पादन भन्ने उदेश्य राखेर कृषिका कार्यक्रम अगाडी बढाईएको छ भने कृषिकै लागि भनेर पञ्चबर्षिय योजनाका साथ पाशर््व चित्र बनाएर नगरपालिकाले काम गरिहरेको छ ।

पर्यटन क्षेत्र ।

पर्यटन क्षेत्रलाई बिकसित गर्नका लागि सुदूरपश्चिम प्रदेशकै सुप्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिका जाने सड्कको डिपिआर तयार गरेर अगाढी बढाईएको छ । बडीमालिका देखि बुढाकोटको सड्क २ देखि ३ बर्षमा तयार गर्ने लक्ष्य नगरले लिएको छ । साथै बडीमालिका क्षेत्रमा आवत जावतमा सहज होस भनेर केबुलकारको सम्भाव्यताको समेत अध्ययन गरेका छौँ । बडीमालिका क्षेत्रको पाटनको डिलसम्म केबुलकार मार्फत जाने सकिने भएकाले त्यसमा काम भईहेको छ ।

म नगर प्रमुखमा निर्वाचित भएपछि ९ वटै वडामा स्वास्थ्य चौकी स्थापना, ४८ जना बिषयगत शिक्षक सहित १६ कोठे पक्की भवन निर्माण, ईबडिमालिकाको अवधारणाले सबै वडामा ईन्टरनेट, एक गाँउ एक उत्पादनको अवधारणाले अबको ५ बर्ष पछि नगरको झन्डै ४ हजार हेक्टर जग्गा सिंचित बनाई गरिबी न्युनिकरण गर्ने लक्ष्य, पर्यटकिय तथा धार्मिक क्षेत्र बडीमालिकालाई मध्यनजर गरि केबुलकारको सम्भाव्यता अध्ययन नै हालसम्मका नगरका मुख्य उपलब्धी हुन् ।

५ बर्ष पछि पनि म नै मेयर हुन्छु भन्ने छैन त्यसैले अहिले नै नगरको एउटा खुट्किलो पार गराउने मेरो लक्ष्य छ : नगर प्रमुख बडुवाल ।
मार्तडी बाजुरा

यि त भएका विकासका क्षेत्रका कुरा, तपाईले आफुले गरेका कामको मुल्याकंन कसरी गरिाख्नु भएको छ । र यसको आधारहरु के के हुन ?

देशमा हाल ७ सय ५३ पालिकाहरु छन् । जसमध्ये एक बडीमालिका नगर पनि हो । हामी नगरको स्वमुल्याकंन सुरु गरेको छौँ । नरगले आफ्नो कामको मुल्याकन आफै गनृ सुरु गरिसकेको छ । ऐन नियमले अघि बढेका छौँ कि छैनौँ, कार्यविधी अनुसार छौँ कि छैनौँ, संस्थागति बिकास कति भयो भन्ने हिसाबले मुल्यांकनको अवधारणा अनुसार अघि बढेका छौँ । यसरी हेर्दा गत बर्ष ५७ औ स्थानमा बढीमालिका नगर थियो भने अहिले हामी ६९ औँ स्थानमा पुगेको छौँ, अर्को बर्ष ८० कटाउने लक्ष्य र पाचौँ बर्षमा संस्थागत भएर बिधिको शासन सहित लोककल्याणकारी राज्य भएको प्रत्याभुति दिलाउने लक्ष्य नगरको छ । बडीमालिका नगरमा कसैको पक्षपात नहुने गरी डाटाबेसमा आधारित भएर काम हुने नगरपालिका बनाउन प्रयत्नरत छौँ ।

नगरलाई काम गर्न चुनौती हरु के कस्ता छन् ?

चुनौतीको कुरा गर्ने हो भने नेपालको परिबेशमा राजनितिक चुनौती छन् । खासमा अहिले परिबेशमा के रैछ भन्दा खुट्टा तान्ने र का मगर्न नदिने प्रवृती बढेको छ । पदमा रहेको व्यक्तीलाई काम गर्न नदिने पछि म गर्छु यसो गरेमा पछि आफु लोकप्रिय भईन्छ भन्ने बुझाई कतिपयमा छ । त्यो कारणले हामी विकासले पछि छौँ, प्रजातन्त्र आएको ७० बर्ष भईसक्दा पनि देशमा खास विकास नभएको कारण यहि हो ।

देशमा प्रजातन्त्र आएको ७० बर्ष भईसक्दा पनि खास विकास हुन नसक्नुको पछाडी हामीले व्यावस्था बदल्न सकेपनि सोच बदल्न सकेनौँ ।

मेरो कुरा गर्ने हो भने म आफु पनि धेरै राजनिति गरेर अघि बढेको मान्छे भएकाले अहिले आफु ५ बर्षका लागि मात्रै निर्वाचित भएको हु । यहि बेला मैले काम गरेर देखाुन पर्छ भनेरे लागेको छु । ५ बर्ष पछि फेरी म नै मेयर हुन्छु भन्ने छैन र अहिले मैले एक किसमले काम गरेपछि एउटा खुट्किलो पार हुन्छ र पछि आउने मान्छेलाई पनि सहज हुन्छ । यहि किसिमले जिल्लाका राजनितिक दल, सरोकारवाला संग बार्तालाप गर्दै सहमति अनुसार काम गरिहेको छु । यसमा पार्टी, बजारबासी, व्यावसायी, सामाजिक क्षेत्र, संचारकर्मी सबैको साथ पाएको छु ।

देश संघिय संरचनामा गएको पनि करिब ३ बर्ष हुन लाग्यो तर पनि देखिने गरी विकास र प्रगति नहुनुको खास कारण के देख्नु हुन्छ ?

हाम्रो देशले अहिलेसम्म १५ औँ योजना बनाईसक्यो तर पनि विकासमा खासै प्रगति देखिदैन खासगरी सत्तामा भएको मान्छे र त्यसमा पनि संघिय सरकार पाको हिसाबले चल्न सकेन । बिच बिचमा उथलपुथल भईरहने राजनितिक कारणले विकासले गति लिन सकेन ।

विकासका लागि तिनै तहका सरकाले लागि साझा योजना बनाउन जरुरी छ । जसरी राजनितिक रुपमा बुहमतिय प्रणाली भन्दा पनि सहमति, सहकार्य, छलफल तथा बहस गरेर बढीमालिका नगर अघि बढेको त्यसरी नै सबै क्षेत्रमा एकता हुन आवश्यक छ ।

विकासका क्रममा आउने सबै किसिमका चुनौती बढीमालिकाले चिर्न सफल भएको छ । मैले सबै चुनौतीको सामान गरेको छु, त्यसलाई धेरै ठुलो मानेको छैन, अवसरका रुपमा लिएको छु । चुनौतीलाई सिकाई, नयाँ विकास, खोज, अनुसंधानका लिएको छु । चुनौति नै सिकाई रैछ भन्ने मैले बुझेको छु ।

तपाईको नगरलाई देशकै नमुना उत्कृष्ट नगर बनाउन प्रदेश तथा केन्द्र सरकारको कस्तो सहयोग आवश्यक रहन्छ ।

प्रदेश सरकारबाट विभिन्न योजना बाट रकम आईरहेको छ । बिशेष अनुदानका रुपमा आइरहेको छ । पहिलो बर्ष प्रदेश सरकारले बजेट बनाउन सकेन्, प्रदेश सरकारसंग आफ्नो प्रदेश अन्र्तगतका पालिका हरुमा के छ के छैन सबै तथ्यांक हुनुपर्ने त्यो नभएको त्यो योजनाको लागि सबै तथ्यांक नहुदा समस्या उत्पन्नभयो । योजनाबद्ध रुपमा काम हुन सकेन, लबिगं र पहुँचका आधारमा बजेट बाँडफाँड भयो । एकात्मक सोच कामय रह्यो । व्यावस्था बदल्न सकेपनि सोच बदल्न सकेनौँ । खासगरी प्रणालीगत रुपमा बजेट बाँडफाँड भएमा पहिले जहाँ विकास छैन त्या बजेट गएमा आवश्यक विकास हुने थियो ।

प्रदेश र संघिय सरकार सुधारिन आवश्यक छ, त्यो भएन भन्ने सम्भव छैन । उदाहरणका लागि बाजुरा जिल्लामा पनि जन्मेको पनि बालक हो काठमाण्डौँमा पनि जन्मीएको बालक हो । उनिहरु बिच समानता हुनुपरयो । संघिय सरकारले योजना बनाए अघि बढ्नुपर्ने भन्ने मेरो सुझाव रहन्छ । ७७ जिल्लामा कुन जिल्ला पहिलो प्राथमिक्ता हो भन्ने योजना संघिय सरकार र प्रदेश सरकारले मातहतका जिल्लामा कुन जिल्ला बढी कम्जोर छ त्यो आधारमा विकासका लागि बजेट बिनियोजित गर्नुपर्छ । तर त्यसो भईरहेको छैन । आफु म विकासका लागि कहिल्यै नकरात्मक नभएको आशाबादी मान्छे हु ।

सबै सरकारले सकरात्मक सोचेमा दिगो विकास हुन्छ । एक पालिका मात्र नभई सिंगो देश नै राम्रो हुन्छ । एक पालिका मात्र राम्रो भएर केहि हुदैन । ७ सय ५२ राम्रो भएन भने एकले अर्थ राख्दैन् । हामीले ७ सय ५३ पालिका नै राम्रो हुने किसमको रणनितिका साथ बढ्नुपर्छ । जसको नेतृत्व संंघिय सरकारले गरेको छ । ८८ पालिका राम्रो बनाउने नेतृत्व प्रदेश सरकारले गरेको छ । मैले त ९ वटा वडा राम्रो बनाउने नेतृत्व गरेको छु । त्यसैले सबै सजग हुन जरुरी छ ।

अहिलेसम्म के भा छ भन्दा जस्तो उखान छ नि “जसको आमा घरिना उसका पोक्च्या गाला” जो घरिना हुन्छ उसको त्यसरी नै खान पाउछ भन्ने जस्तो गर्न हुदैन । प्रधानमन्त्रीले आफ्नो नगरमा मात्रै बजेट हाले त्यसले अर्थ राख्दैन् प्रधानमन्त्रीले त पुरै देशको बारेमा सोच्नुपर्ने हुन्छ । विचार बदल्ने हो भने विकास हाम्रै पालामा सम्भव छ ।