मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप छनोटको मिति तय

विश्वकप छनोटको मिति तय


काठमाडौं । एसियाली फुटबल कन्फिडेरेसन (एएफसी) ले फिफाको परामर्शमा कतार विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट खेलको मिति तय गरेको छ । 

एएफसीले बाँकी खेलको मिति घोषणा गरेको हो । छनोटका सातौं र आठौं चरणका खेल अक्टोबर ८ र १३ तारिखमा हुने तय भएको एएफसीले उल्लेख गरेको छ । 

त्यस्तै नवौं र दसौं चरणका खेल नोभेम्बर १२ र १७ मा हुने तय भएको एएफसीले जनाएको छ । एएफसीका अनुसार नोभेम्बर २०२० सम्ममा प्रारम्भिक छनोटको दोस्रो चरण पूरा गर्ने लक्ष्य रहेको बताएको छ । 

त्यसपछिको फिफा विश्वकप छनोट, एसियाली क्‍वालिफायर फाइनल राउन्ड र एएफसी एसियान कपको प्ल-अफ म्याच सुरु गर्ने निर्णय भएको जनाएको छ । एएफसीले सबै टोली, अधिकारी, प्रशंसक र सरोकारवालाका साथै सरकारी यात्रा र चिकित्सा प्रतिबन्धको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्ने स्थितिको नजिकबाटै निगरानी राख्‍ने जनाएको छ । त्यस्तै खेलको तालिकाको पुनर्मूल्यांकन गर्न आवश्यक भएको खण्डमा सबै पक्षहरूलाई सूचित गर्ने समेत जनाएको छ ।

छनोटअन्तर्गत समूह सीमा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ । सुरुवात पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ ।