मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राखेप बोर्ड सदस्य कुँवरको पहलमा अछाममा खेल मैदान बन्दै

राखेप बोर्ड सदस्य कुँवरको पहलमा अछाममा खेल मैदान बन्दै


अछाम

जिल्लाको साँफेबगर नगरपालिका- ९ बुढाकोटको खापरमाण्डौमा खेल मैदानको शुक्रबार उद्घाटन भएको छ ।

अनुमानित १ करोडको लागतमा बन्ने खेल मैदानको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुवँरले गरे। उनले मैदानको सिलान्यास गर्दै उद्घाटन गरेका हुन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य रहेका कुवँरको पहलमा बुढाकोटमा खेल मैदान बन्न लागेको हो । यो खेल मैदानले अछामको खेलकुद क्षेत्रको फरक पहिचान बनाउने राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य कुवँरले बताए ।

आफ्नै पहलमा राष्ट्रिय खेलकुद परिषद र प्रदेश सरकारको सहयोगमा उक्त खेल मैदान बहुबर्षिय योजनामा निर्माण गरिने उनको भनाई छ।

उक्त खेल मैदान उद्घाटन कार्यक्रममा साँफेबगर नगरपालिका – ९ का वडा अध्यक्ष धुर्ब थापा लगायत वडाका सम्पूर्ण जनप्रतिनिधि, समाजसेवि र सरोकारवालाको उपस्थिती रहेको थियो ।