मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुलाई दोस्रो साताबाट राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण हुने

जुलाई दोस्रो साताबाट राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण हुने


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण जुलाई दोस्रो साताबाट सुरु गर्ने तयारी गरेको छ । 

फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट अन्र्तगत घरेलु खेलका लागि खेलाडीसँग तयारीको बारेमा भएको छलफलमा प्रशिक्षण जुलाई दोस्रो साताबाट सुरु गर्ने तयारी भएको एन्फाले जनाएको छ । 

एन्फाले फुटबलको सर्वोच्च निकाय फिफा र डब्ल्यूएचओको निर्देशन अनुसार सबै सावधानी अपनाएर जुलाईको दोस्रो सातादेखि तयारी शिविर शुरू गर्न प्रतिबद्ध भएको जनाएको हो । 

नेपालले कतार विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ अन्तर्गत छनोटको दोस्रो चरणका तीन खेल खेल्न बाँकी छ । छनोटका बाँकी खेलमा चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँगको खेल घरेलु मैदान दशरथ रंगशालामा हुनेछ । 

छनोट खेल अक्टोबर आठदेखि सुरु हुने तय भएको छ । छनोटको समूह बीमा रहेको नेपालले सुरुवाती पाँच खेलमा एक जित र चार हारसहित ३ अंक जोडेको छ । – बारह्खरी