मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग वाणिज्य महासंघको साधारणसभा साउन अन्तिम साता हुने

उद्योग वाणिज्य महासंघको साधारणसभा साउन अन्तिम साता हुने


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसमा साउन अन्तिम साता काठमाडौंमा हुने भएको छ । 

पदाधिकारीको निर्णयलाइ सोमबार बस्‍ने कार्यकारिणी समितिको बैठकले अनुमोदन गर्नेछ। महासंघका उपाध्यक्ष चन्द्र ढकालले साउनको अन्तिम साता साधारणसभा गर्ने निर्णय भएको पदाधिकारी बैठकले गरेको जानकारी दिए।

साउनमा गर्ने निर्णय भएपनि मिति भने कार्यकारिणी समितिको बैठकले तोक्नेछ । गत चैत २८ र २९ गते हुने भनिएको साधारणसभा कोरोनाका कारण स्थगित भएको थियो।

साधारणसभा कहिले गर्ने भन्‍ने विषयमा पदाधिकारीबीच विवाद समेत भएको थियो । महासंघको आसन्‍न साधारणसभा चुनावीसभा पनि हो ।