मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० वटा कारागार सुरक्षाको जिम्मा सेनालाई

१० वटा कारागार सुरक्षाको जिम्मा सेनालाई


काठमाडौं ।

सशस्त्र प्रहरीले गर्दै आएको १० वटा कारागारको सुरक्षा नेपाली सेनाले गर्न थालेको छ । कोभिड–१९ को जोखिमका कारण सशस्त्र प्रहरीलाई फिल्डमा परिचालन गर्नुपर्ने अवस्था आएपछि सेनाले कारागारको सुरक्षा गर्न थालेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठले सरकारकै निर्णयअनुसार सेनाले कारागारको सुरक्षा गर्न थालेको हो । उनले भने, “यसअघि कारागारमा रहेका सशस्त्र प्रहरीलाई आवश्यकताका आधारमा अन्यत्र परिचालन गरेका छौं । अहिले नख्खुलगायत १० कारागारको सुरक्षा सेनाले गरिरहेको छ ।”

सशस्त्र प्रहरी बलले सुरक्षा जिम्मा पाएको ललितपुरको नख्खु कारागार, मकवानपुरको भीमफेदी, सुनसरीको झुम्का, मोरङको विराटनगर, पर्साको वीरगन्ज कारागारको सुरक्षा अब सेनाले गर्नेछ ।

यस्तै तौलिहवा कारागार, महोत्तरीको जलेश्वर, नेपालगन्ज र दाङको घोराही तथा तुलसीपुर गरी १० वटा कारागारको सुरक्षा सेनाले गर्नेछ ।