मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० जना पाकिस्तानी क्रिकेटरलाई कोरोना संक्रमण

१० जना पाकिस्तानी क्रिकेटरलाई कोरोना संक्रमण


एजेन्सी – पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ।

मंगलबार फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।

यसअघि सोमबारमात्रै शादाब खान, हारिस रउफ र हैदर अलिलाई कोरोना संक्रमण भएको थियो। दुई दिनमै १० पाकिस्तानी खेलाडीलाई कोरोना संक्रमण भएको हो।

नेगेटिभ रिपोर्ट आएका २८ खेलाडी भने यही महिना बेलायत जानेछन्। पाकिस्तान क्रिकेट टिमले आगामी अगस्टमा तीन टेस्ट र तीन टि–ट्वान्टी म्याच खेल्ने तय भएको छ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दो क्रममा छ। अहिलेसम्म त्यहाँ १ लाख ८५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ३ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ। – बीबीसी