मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वसदस्यसचिव सिंहको निधन

पूर्वसदस्यसचिव सिंहको निधन


काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ। सिंहको शुक्रबार राति छाउनीस्थित निवासमा निधन भएको नाति सुशील मल्लले जनाएका छन्।

सिंह लामो समयदेखि दमबाट पीडित थिए। उनी राखेपका सातौं सदस्यसचिव हुन्। उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्यसचिव भएका थिए।

स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ। स्व.सिंहका पत्नी, दुई छोरा र छोरी छन्।

यसैबीच, राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।