मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीसीआर मेसिनका गौरिकाले गरिन् एक लाख सहयोग

पीसीआर मेसिनका गौरिकाले गरिन् एक लाख सहयोग


धनगढी – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चार स्वर्ण पदक दिलाउने सुदूर पश्चिमकी चेली गौरिका सिंहले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख रुपैया सहयोग गरेकी छन्  ।

पौडीमा किर्तिमान कायम गरेकी गौरिकाले सुदूर पश्चिमको डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि गौरिकाले हजुरबुवा लोकभक्त राणा मार्फत एक लाख रुपैया सहयोग गरेकी हुन् ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनका लागि काठमाण्डौंमा सहयोग संकलन अभियान सञ्चालन गर्दै आएका ओलम्पियन तथा किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राष्ट्रिय खेलकुद परिषद  ( राखेप) का  क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटालाई गौरिकाका हजुरबुवा राणाले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

अन्तर्राष्ट्रिय पौडी खेलाडी गौरिकाले सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेकोले डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि थालिएको अभियानमा सहयोग गरेको बताईन ।

किर्तिमानी तेक्वान्दो खेलाडी बिष्टले गौरिकाको सहयोगले देशको नाम  र पहिचानका लागि खेल्ने खेलाडीहरुले आवश्यक पर्दा नागरिकको स्वास्थ्यका लागि पनि सहयोग गर्न पछि नहट्ने सन्देश दिएको बताए ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र  सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा शुरु भएको अभियानमा विश्वका बिभिन्न मुलुकमा सुदूर पश्चिमेली तथा सुदूर पश्चिम समाजहरुले सहयोग गर्ने क्रम जारी छ ।

काठमाण्डौंमा ह्युमानिटी फाउण्डसेनका संस्थापक अमर बहादुर शाहीको नेतृत्वमा  कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल, ओलम्पियन तथा किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राष्ट्रिय खेलकुद परिषद ( राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, युवा व्यवसायी राजु अवस्थी लगायतले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन गर्दै आएका छन् ।