मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनका १४ वटै वडामा उन्नत जातका बोका वितरण

मंगलसेनका १४ वटै वडामा उन्नत जातका बोका वितरण

सुदूर आज

होम साउद, अछाम ।

मंगलसेन नगरपालिकाले १४ वटै वडामा उन्नत जातको बोका बितरण गरेको छ । नगरको पशुसेवा शाखा मार्फत प्रत्येक वडाका एक/एक जना अगुवा कृषकलाई १४ वटा बोका बितरण गरिएको हो ।

मंगलसेन नगरपाललिका प्रमुख पदमबहादुर बोहराको विशेष उपस्थितीमा किसानहरुलाई बोका बितरण गरिएको थियो । नगरप्रमुख बोहराले बोका लिएर त्यसको भरपुर उपयोग गरि बाख्रा उत्पादन गर्न किसानहरुलाई आग्रह गरे ।

बोकाको राम्रो स्याहार सुसार गर्दै बाख्रापालनमा आत्मनिर्भर नगरपालिका बनाउनमा उनको आग्रह थिए । उत्कृष्ट कृषकलाई आगामी दिनमा पुरस्कृत गरिने नगरप्रमुख बोहराले घोषणा गरे।

बोका वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वडानम्वर १ का अध्यक्ष गोपाल थापा, २ का अध्यक्ष मान बहादुर बोगटी लगायतको उपस्थिती रहेको थियो । कृषि विकास शाखाको चालु आर्थिक वर्षको वार्षिक स्वईकृत कार्यक्रम अन्तरगत ४ लाख ४० हजारको लागतमा किसानलाई बाख्रा उपलब्ध गराईएको पशुसेवा शाखा प्रमुख नेत्र बहादुर कठायतले जानकारी दिए।