मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाउरा बिक्री हुन छोडेपछि गुजारा चलाउन मुस्किल

दाउरा बिक्री हुन छोडेपछि गुजारा चलाउन मुस्किल


फोटो क्याप्सन : दाउरा बेच्न साफेबगर आएका महिला

अछाम ।

साफेँबगर नगरपालिका– ३ रसकाँडाकी बसन्ती सार्कि दैनिक जसो दाउरा बेच्न साँफेबगर बजार पुग्छिन् । यो उनको दैनिकी र घर चलाउनले माध्यम हो । एक भारी दाउरा बेच्न उनले आज भोली भौतारिनु पर्छ । लकडाउन र कोरोनाले गर्दा बजारका होटलहरु बन्द छन् ।

आजभोली मुस्किलले एक भारी दाउरा बेचिन्छ । एक भारी दाउरा १सय देखि १ सय ५० सम्ममा बिक्रि गर्ने गरेको उनले बताईन् । उनले भनिन् ‘दाउरा होटलमा बढी बिक्री हुन्छ,अहिले सबै बन्द छन्,भने अनुसारको मुल्य अहिले पाईदैन,कसैले सय दिन्छन् कसैले १५०। दाउरा बिक्रि हुन छोडेपछि घर चलाउन उनलाई गाहे परेको छ । लगातार एक हप्तासम्म दाउरा बेचेको पैसा जम्मा गरेर चामल किनेर खाने गरेको उनले बताईन् ।

लगाएको खेतीपाती बदेल र बाँदरले सखाप पार्न थालेपछि झनै समस्या भएको उनले दुखेसो पोखिन् । उनले भनिन्,लगाएको खेतीबाट एक महिना जति खान पुग्थ्यो,लगाएको खेती अब बादर र बदेललाई ठिक्क छ । खेतीपाती लगाउनु र नलगाउनु एउटै छ ।

भारतमा कमाउन गएका श्रीमान् लाल सार्कि ४ वर्ष पहिलो उतै घरको छतबाट लडेर मृत्यु भयो । २ छोरी र २ छोराको पालन पोषणको जिम्मेवारी बसन्तीको काधमा छ । आर्थिक अवस्था कमजोर भएका कारण उनले ३ सन्तानलाई पढाउन सकिनन् । उनले कान्छो छोरालाई भने जेनतेन पढाई रहेकि छिन् । उनको दुई छोरीको बिहे भईसक्यो ।

कल्धरी भुलको पनी दाउरा बेचेर नै गुजार चल्छ । अरुले उनको दाउरा किनेपछि मात्र कल्धरीको घरको चुलोमा आगो बल्छ । आर्थिक अभावका कारण १२ वर्षको छोरा कमाउनका लागी भारत गएको उनले बताईन् । उनले भनिन् दाउरा बेचेर जसोतसो जिन्दगी चलेको छ,छोरा छोरीलाई पढाउन सकेन,१२वर्षमै छोरा पैसा कमाउछु भन्दै भारत गएको छ । जेठि श्रीमतीबाट सन्तान नभएपछि दाने भुलले कल्धरीलाई दोस्रो श्रीमतीको रुपमा भित्तयाएका थिए । अहिले उनको १ छोरा र एक छोरी छन् । श्रीमान्ले मदिरा खाएर गाली बेईज्जत गर्ने र कुट्ने गर्न थालेपछि उनी अलग्गै सानो घर लगाएर बसेकी छिन् ।

दिला भुलको पनी समस्या उस्तै छ । भारतमा कमाउन गएका श्रीमान् कोरोनाले गर्दा रोजगार गुमाएर घर फर्केका छन् । उनका ९ छोराछोरी छन् । छोराको आसमा ७ छोरीलाई जन्म दिएकी छिन् । रोजगार गुमाएर आएका श्रीमान् र ९ छोराछोरीको लालनपालन यहि दाउरा बेचेर नै हुन्छ । उनले भनिन् ‘श्रीमान्ले भारतबाट कमाएर पठाएको पैसाले पुग्दैन,दाउरा नबेचेर घर खर्च चल्दैन,यसपालि त झन् श्रीमान् रित्तो हात फर्केका छन् ।’