मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हान अछामका उपाध्यक्ष साँउदले जन्मदिनमा बिरामीलाई फलफुल र मास्क वितरण गरे

हान अछामका उपाध्यक्ष साँउदले जन्मदिनमा बिरामीलाई फलफुल र मास्क वितरण गरे


अछाम ।

हेल्थ एसोसिएशन नेपाल, जिल्ला समिती अछामका उपाध्यक्ष छत्र साँउदले जन्म दिनको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल र मास्क वितरण गरेका छन् । साँउदले आफु कार्यरत अस्पतालमा भर्ना भएका ४० बढी बिरामीलाई फलफुल र मास्क वितरण गरेका हुन् ।

बिगत ५ बर्ष भन्दा बढी देखि बयालपाटा अस्पतालमा कार्यरत साँउदले फजुल खर्च गरे जन्मदिन मनाउनु भन्दा मानवताको भावनाले समाजसेवा गर्नु उत्तम भएको भन्दै बिरामीलाई सहयोग गरेको बताए ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको भन्दै साउदले आफुले सक्दो राशी अननुसारको सहयोग गरेको बताए । आगामी दिनमा समेत यस्तै कार्यमा क्रियाशिल रहने उनको भनाई छ ।

साँउदले यसअघिका दिनहरुमा अस्पतालबाट रेफर भएका आर्थिक अवस्था कम्जोर भएका बिरामीलाई पनि सहयोग गर्नुका साथै आर्थिक संकलनको नेतृत्व समेत गरेका थिए भने स्वास्थ्य सामाग्री समेत वितरण गरेका थिए ।

अस्पतालमा विरामीको सेवामा क्रियाशिल भई मन जित्न सफल भएका साँउदले आगामी दिनमा पनि यस क्षेत्रका जनताको सेवामै सक्रिय भएर काम गर्ने धारणा व्यक्त गरे । लकडाउनले पारेको असरले जताततै अभाव र त्रास भईरहेका बेला रचनात्मक कार्य गर्न पाउनु सकरात्मक प्रेरणा मिलेकोमा उनले खुशी व्यक्त गरे ।