मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज साउनको पहिलो सोमबार शिबको पुजा गरि मनाईदैँ

आज साउनको पहिलो सोमबार शिबको पुजा गरि मनाईदैँ


अछाम – आज साउनको पहिलो सोमबारको दिन सुदूर तथा देशका विभिन्न शिवालयहरुमा पुजाअर्चनाका लागि भक्तजनहरु पुगेका छन् । हिन्दू परम्परा अनुसार साउन महिना शिवको प्रिय महिनाको रुपमा लिइन्छ ।

श्रावण महिनाका सोमबार हिन्दू महिलाहरु व्रत बस्ने गर्दछन् । साउने सोमबारका दिन व्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

सोही अनुरुप देशका विभिन्न चार धाम मध्येको एक अछामको बैजनाध धाममा पनि गत बर्षको जस्तो भक्तजनहरुको भिड नभएपनि छिटफुट रुपमा देखिएका छन् । कोरोनाको संत्रास कायम रहेकाले पनि भक्तजनहरुको खासै भिड नदेखिएको बैद्यनाथका पुजारीको भनाई छ ।

बैजनाधमा बिहान केही समय भिडभाड देखिए पनी पछी फाट्टफुट्ट दर्शनार्थी आउने जाने भइरहेका छन । सरकारले २५ जना भन्दा बढी एक स्थानमा भेला नहुन भनेकाले अन्य शिव मन्दिरहरु पनि प्रायः बन्द रहेका छन ।

साउने सोमबार शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु तथा घर परिवारमा सुख शान्ति छाउने विश्वास पनि रहिआएको छ ।