मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाउरा बेचेर गुजारा चलाउनेलाई समाजसेबी कुँवरले गरे खाधान्न सहयोग

दाउरा बेचेर गुजारा चलाउनेलाई समाजसेबी कुँवरले गरे खाधान्न सहयोग


अछाम।

साँफेबगर नगरपालिका ३ सिद्धेश्वर घर भैइ हाल जापानमा बस्दै आउनु भएका लोकेन्द्र जंग कुँवरले बिपन्न समुदायका ३ जना महिलाहरुलाई खाधान्न सहयोग गरेका छन् । स्वर्गीय आमा धनसरा देवि कुवरको १२ औ पुण्यतिथीको अबसरमा कुवरले दाउरा बेचेर गुजारा चलाउने महिलालाई सहयोग गरेका हुन् ।

सिद्धेश्वरका रसकाडा गाउँका बसन्ती सार्कि,कल्धुरी भुल र दिला भुललाई १० हजार बराबरको खाद्यान्न्न सहयोग गर्नु भएको हो । शनिबार उनका दाजु रुपबहादुर कुँवरले ती महिलालाई खाद्यन्न हस्तान्तरण गरेका थिए।

नेपाल जनसम्पर्क समिती कान्तो जापानका सचिव र सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको संस्थापक केन्द्रिय सदस्य समेत रहेका कुँवरले स्वर्गीय आमाको श्राद्वको मौकामा आफ्नो सन्तानको पालपोषणको लागि मजदुरी गर्ने आमाहरुलाई केही सहयोग गर्न सकेकोमा सन्तुष्ट मिलेको बताए।

उनले स्वर्गीय आमाको सम्झनामा अछाममा अझै केहि सामाजिक कार्य गर्ने सोचिरहेको बताए। मन्दिरमा गएर ढुङ्गालाई ढोगेर भेटी चढाउनु भन्दा दिनदुखी असहायलाई सहयोग गर्न पाउदा संतुष्ट मिल्ने गरेको उनको भनाई छ। समाजसेवाको भावनाले कुँवरले जापानबाट बिपन्न असहायहरुलार्ई बिभिन्न समयमा सहयोग गर्दै आईरहेका छन ।