मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै


काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ। साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

उनले मन्त्रिपरिषद्को बैठक नियमित भएको बताए। मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने बताइएको छ।

यसअघिकै बैठकमा प्रस्ताव लगिए पनि नियुक्ति गरिएको थिएन्। अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा पठाएको छ।

यी तीनमध्ये एकजनालाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरिनेछ।