मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संचारकर्मी बिसीको उपचारमा सहयोगार्थ महासंघ अछामले थाल्यो आर्थिक संकलन अभियान, यूनियन अछामको पनि ऐक्यबद्धता

संचारकर्मी बिसीको उपचारमा सहयोगार्थ महासंघ अछामले थाल्यो आर्थिक संकलन अभियान, यूनियन अछामको पनि ऐक्यबद्धता


अछाम ।

नेपाल पत्रकार महासंघ अछामले जिल्लाका क्रियाशिल संचारकर्मी धु्रव बिसीको जीवन रक्षाका लागि आर्थिक सहयोग अभियानको थालनी गरेको छ । महासंघ अछामले बिहिबार एक अपिल जारी दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचारार्थ बीसीको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको हो ।

उच्च रक्तचापका कारण फेल भएका मृगौला प्रत्यारोपण गर्न धेरै रकम लाग्ने भएकाले महासंघ जिल्ला शाखा अछामले बिसीको उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग अभियान थालनी गरेको महासंघ अछामका अध्यक्ष खम्म खत्रीले जानकारी दिए ।

महासंघ अछाम शाखाका पूर्व कार्य समिती सदस्य एवंम रेडियो सोसाइटी एफएम अछामका निर्देशकमा कार्यरत बिसीको उपचारमा सहयोग पुर्याउन अछामबासी हरेक व्यक्ती, सामाजिक संघ संस्था, स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकार तथा देश बिदेशमा रहनु भएका सबै नेपालीहरुलाई आर्थिक सहयोगका लागि आग्रह गरिएको महासंघका सचिव होम साँउदले बताए ।

साथै महासंघ अछामले सहयोग संकलन अभियानमा एकद्धार प्रणाली कायम होस् भनेर शाखाको अछाम स्थित नेपाल पत्रकार महासंघ जिल्ला, शाखा अछामको नाममा राष्ट्रिय वाणिज्य बैँक मंगलसेन शाखा रहेको खाता नं. ४२६०००५१७५०१ मा रकम जम्मा गर्न समेत अपिल गरेको सचिव साँउदले बताए ।

यसै बिच नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामले पनि संचारकर्मी धुव्र बिसीको उपचारमा सहयोग होस भनेर एक अपलि जारी गर्दै आर्थिक संकलन अभियानमा ऐक्यवद्धता जनाएको छ । महासंघ अछामले थालनि गरेको अभियानमा यूनियन अछामको समेत पूर्ण साथ र सर्मथन रहेको युनियन जिल्ला शाखा अछामका सचिव सुशिल भण्डारीले बताए ।

युनियनका तर्फबाट संचारकर्मी बिसीको उपचारका लागि सहयोग पुर्याउन सबैलाई आव्हान गरिएको र युनियनले पनि सक्दो सहयोग गर्ने कार्यबाहक अध्यक्ष लोकराज ढकालले बताए । संचारकर्मी बिसी नयाँ पत्रिका दैनिक तथा हिमालय टेलिभिजनमा समेत आवद्ध छन् ।