मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बा’ढीको बित’ण्डा, अछाममा करिब २ सय रोपनी खेतियोग्य जमिन कटान

बा’ढीको बित’ण्डा, अछाममा करिब २ सय रोपनी खेतियोग्य जमिन कटान


अछाम : अविरल वर्षाका कारण बुढीगंगा नदीमा आएको बाढीले बितण्डा मच्चाएको छ । आइतबार राती परेको पानीले नदीमा बाढी आउँदा साँफेबगर नगरपालिकामा तीनवटा वडामा करिब दुई सय रोपनी खेत कटान गरेको छ । 

बाढीले पाक्नै लागेको धान सखाप पारेको छ।साँफेबगर नगरपालिका ४ मष्टमान्डौंमा ७० रोपनी धान खेतसहित कटान गरेको स्थानीय झुमा बोगटीले बताइन् । अहिले पनि बुढीगंगा नदी निरन्तर रुपमा कटान गरिहेको छ । बाली भित्र्याउने समयमा नदीले धानबाली नोक्सान गरेपछि स्थानीय चिन्तित भएका छन् । साँफे मार्तडी सडकको ६ ठाउँमा पहिरो गएको छ ।

साँफेबगरदेखि बाजुराको डाब बजारसम्म ६ ठाउँमा ठूलो पहिरो गएको छ । साँफे मार्तडी सडकखण्डको साँफेबगर देउझालमा सडक चिरा परेको छ । सडकका लागि बनाएको तटबन्ध समेत बगाएको छ । 

यस्तै वडा नं.२ जाल्पादेवीमा पनि ६० रोपनीभन्दा बढी खेतीयोग्य जमिन कटान गरेको छ । वग्रादेखि वागभिडि टोल हुँदै गैरालासम्म ६० भन्दा बढी खेतीयोग्य जमिन कटान गरेको वडा अध्यक्ष कालुसिंह कुँवरले जानकारी दिए । 

वर्षा नरोकिए वागभिडि गाउँ समेत प्रभावित हुने खतरा बढेको अध्यक्ष कुँवरको भनाइ छ । वैजनाथस्थित वैद्यनाथ क्षेत्रमा समेत तटबन्ध बगाएको छ । तटबन्ध वगाएपछि वैद्यनाथ क्षेत्र समेत कटानको जोखिममा परेको छ । वडा नं.७ रिडिकोटमा पनि करिब ५० रोपनी खेतियोग्न जमिन वुढीगंगा नदीले कटान गरेको छ । वडा नं.७ रिडिकोटको सिस्ने चिउराउ क्षेत्रमा उक्त खेतियोग्य जमिन कटान गरेको वडाअध्यक्ष मिठ्ठु सिंह भाटले जानकारी दिए ।

यस्तै मेल्लेख गाउँपालिका ४ कुस्कोटको लिङमनि रवामा करिब ५ सय रोपनि जग्गा बुढिगंगा नदिले कटान गरेको छ । दुई घर उच्च जोखिममा रहेका छन् । यस्तै नगर प्रमुख कुल बहादुर कुँवरको नेतृत्वमा वडा नं.४ मष्टमान्डौं र वडा नं.१ वैद्यनाथ क्षेत्रमा गरेको कटान निरिक्षण गरिएको छ।

निरीक्षण पछि कुराकानी गर्दै नगर प्रमुख कुँवरले कटान क्षेत्रमा दीर्घकालील तटबन्धको लागि पहल गरिने बताए । उनले दिगो रुपमा सममस्या समाधानको लागि प्रदेश तथा केन्द्र सरकारसँग पहल गरिने जानकारी दिए । यस्तै वडा नम्वर ११ देविस्थानमा १७ घर पहिरोको उच्च जोखीममा परेका छन ।

सोमबार रातीदेखि परेको अबिरल वर्षाका कारण देविस्थानको चुची टोलमा १७ वटा घर र एउटा सार्वजनिक पटकानी पहिरोको उच्च जोखिममा रहेका वडा अध्यक्ष गणेश बहादुर खड्काले दिए । ६ वटा घर बस्न नमिल्ने अवस्थामा रहेको उनले बताए ।