मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कोरोना संक्रमितको संख्या ७०७, कम उमेर समूहका बढी

अछाममा कोरोना संक्रमितको संख्या ७०७, कम उमेर समूहका बढी


अछाम : जिल्लामा कोरोना संक्रमितको संख्या ७०७ पुगेको छ । स्वास्थ कार्यालय अछामको तंथाक अनुसार जिल्लामा ७०७ जना संक्रमितमध्ये ५६८ पुरुष र १३९ महिला छन् ।

हालसम्म ६५९ जना निको भएर फर्किएका छन् ।जिल्लामा कम उमेरका बढी कोरोना संक्रमित रहेका छन् । स्वास्थ कार्यालय अछामका अनुसार १५ देखि २५ वर्ष उमेर समूहका २४९ जना संक्रमित छन् । अछाममा जन्मेदेखि १५ वर्ष उमेरका ८१ जना बालबालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

जन्मेदेखि ५ वर्ष उमेरका ३८ जना, ५ देखि १० वर्ष उमेरका २८ जना र १० देखि १५ वर्षका १५ जना रहेका छन् । २५ देखि ३५ वर्षका २२४ जना, ३५ देखि ४५ वर्षका ९० जना, ४५ देखि ५५ वर्षका ३९ जना, ५५ देखि ६५ वर्षका १७ र ६५ वर्ष माथिका ७ जना संक्रमित रहेका छन् ।

जिल्लामा १५ देखि २५ वर्ष उमेरका रोजगारीका लागि भारतमा जाने भएकाले सोही उमेर बढी संक्रमित भेटिएका हुन्।४ हजार ६ सय ७८ जनाको स्वाब संकलन गरेकोमा ३ हजार ६ सय ९३ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

३२८ जनाको रिर्पोट आउन बाँकी रहेको छ । जिल्लाका दश स्थानीय तहमध्ये साँफेबगर नगरपालिकाले १ हजार ४६,मेल्लेख गाउँपालिकाले ७४५,मंगलसेन नगरपालिकाले ७२३,चौरपाटी गाउँपालिका४३९, पञ्चदेव बिनायक नगरपालिका ४९२,रामारोशन गाउँपालिका ३०६,बान्नीगढी जयगढ गाउँपालिका २८६,तुर्माखाद गाउँपालिका ३०५,ढकारी गाउँपालिका २१० र कमलबजार नगरपालिका १२६ जनाको स्वाब संकलन परिक्षण गरेका छन् ।

साँफेबगर नगरपालिकामा संक्रमित १६१ मध्ये १५६ जना , मेल्लेख गाउँपालिकामा ११७ संक्रमितमध्ये ११४ जना, रामारोशन गाउँपालिकामा १२० संक्रमितमा १०३ जना, मंगलसेन नगरपालिकामा ७६ संक्रमितमध्ये ७६ जना,चौरपाटी गाउँपालिकामा ५३ संक्रमितमध्ये ५३ जना, पञ्चदेवल बिनायक नगरपालिका संक्रमित ५० मध्ये ४५ जना, बान्नीगढी जयगढ गाउँपालिका ५३ संक्रमितमध्ये ३५ जना, तुर्माखाद गाउँपालिकामा संक्रमित २३ मध्ये सबैजना , ढकारी गाउँपालिका  २९संक्रमितमध्ये २८ जना र कमलबजार नगरपालिका २५ जना संक्रमित स्वास्थ्य लाभ गरी फर्किएका छन्।